नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा

नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा

अर्थ डबली
बिहिवार, बैशाख ३० २०७८
अर्थ डबली
बिहिवार, बैशाख ३० २०७८ (अर्काइभ बाट)
  • नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा

    काठमाडौँ / नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ ।

    images
    images

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेको कारवाही फुकुवा गरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

    गत चैतमा स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नदिएको जनाई ती नेतालाई एमालेले छ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो ।

    उनका अनुसार बैठकले पार्टी एकताबद्ध बनाउने अधिकार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । 

    साताको लोकप्रीय