नेपाल टेलिकमको खुद मुनाफा ८२ करोडले बृद्धि, मुद्दति निक्षेप र कल निक्षेपको व्याजदर घट्दा ब्याज आम्दानी घट्यो 

नेपाल टेलिकमको खुद मुनाफा ८२ करोडले बृद्धि, मुद्दति निक्षेप र कल निक्षेपको व्याजदर घट्दा ब्याज आम्दानी घट्यो 

अर्थ डबली
बिहिवार, बैशाख ३० २०७८
अर्थ डबली
बिहिवार, बैशाख ३० २०७८ (अर्काइभ बाट)
  • नेपाल टेलिकमको खुद मुनाफा ८२ करोडले बृद्धि, मुद्दति निक्षेप र कल निक्षेपको व्याजदर घट्दा ब्याज आम्दानी घट्यो 

    काठमाडौँ / नेपाल टेलिकमले चालू आर्थिक बर्ष २०७७/७८ को तृतीय त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । जस अनुसार आज कम्पनीको तेस्रो त्रैमासमा कुल सेवा वापतको आय ७ प्रतिशतले बृद्धि भएको छ । 

    images
    images

    कम्पनीले प्रथम त्रैमासमा ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार रुपैयाँ र द्वित्तीय त्रैमासमा ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार रहेकोमा तेस्रो त्रैमासमा ९ अर्ब ७२ करोड ६४ लाख ३९ हजार रुपैयाँ रहेको छ । उक्त रकम ६३ करोड ६८ लाख ६५ हजार रुपैयाँले बढी हो । 

    यसैगरी कम्पनीको खुद मुनाफा ८२ करोड ३४ लाख ५२ हजार रुपैयाँले बृद्धि भएर २ अर्ब ५९ करोड ५० लाख ७७ हजार पुगेको छ । कम्पनीको यस्तो नाफा पहिलो त्रैमासमा एक अर्ब ५१ करोड ७७ लाख ६९ हजार रुपैयाँ र द्वितीय त्रैमासमा एक अर्ब ७७ करोड १६ लाख २५ हजार रुपैयाँ रहेको थियो । 

    कम्पनीको गत आ.व. को तृतीय त्रैमासिकसम्मको कुल सेवा वापतको आय २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार रुपैयाँ चालु आ.व.को सोही अवधिमा कुल सेवा वापतको आयमा २.२९ प्रतिशतले वृद्धि भई २७ अर्ब ४५ करोड १३ लाख ५२ हजार रुपैयाँ पुगेको छ । 

    कम्पनीले समीक्षा अवधिमा कुल सेवा वापतको आय ९२ करोड ९३ लाख ७० हजार रुपैयाँले बृद्धि गरेर ९ अर्ब ७२ करोड ६४ लाख ३९ हजार रुपैयाँ पुगेको छ । गत आ.व. को तेस्रो त्रैमासमा कम्पनीको यस्तो आय ८ अर्ब ७९ करोड ७० लाख ६९ हजार रुपैयाँ रहेको थियो । 

    गत आ.व.को तेस्रो त्रैसाससम्म ३२ अर्ब २७ करोड २३ लाख २३ हजार रुपैयाँ कूल आय रहेकोमा चालु आ.व. को सोही अवधिमा कम्पनीको कूल आय ३१ अर्ब ६७ करोड ३७ लाख ७३ हजार पुगेको छ ।

    कोरोना भाइरसको महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रूपमा व्यापार व्यवसायमा कमी आएको कारण टेलिकमले आफ्नो नाफामा पनि कमि आएको जनाएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको तुलनामा चालु आ.व. मा घटेको कारण ब्याज आम्दानी रकम समेत घटेको छ । 

    यसैगरी, कम्पनीले तेस्रो त्रैमासमा ७ अर्ब ५६ करोड ५५ लाख १५ हजार रुपैयाँ खुद मुनाफा गरेकोमा चालू आ.व.मा यो रकम घटेर ५ अर्ब ८८ करोड ४४ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । 

    कोभिड १९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकहरूको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलब्ध गराइएको र अघिल्लो वर्षको तुलनामा डाटाको कन्सुम्सन बढे पनि राजश्व आशातित रूपमा वृद्धि हुने अवस्था नरहेको कम्पनीको भनाइ छ ।    

    कोभिड १९ महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभुतपूर्व गिरावट आएको तथा ओटिटिको वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तर्आवद्दता सेवामा भारी गिरावट आएको टेलिकमले जनाएको छ । 

    समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम् ज्यालादरमा भएको वृद्धि, मर्मत सम्भार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटही दरमा आएको परिवर्तन तथा द्धन्रँत्त्ज् जस्ता नवीन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको टेलिकमले जनाएको छ ।

    साताको लोकप्रीय