काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल अक्सिजन सहज वितरणका लागि सार्वजनिक सूचना प्रकाशित गरेको छ ।
संक्रमितहरुको उपचार तथा व्यवस्थापन गर्न कोभिड १९ अस्पतालहरुमा आवश्यक अक्सिजनको आपूर्ति व्यवस्थापनलाई सहजीकरण गर्न २४ सै घण्टा समन्वयमा रहने मन्त्रालयको सूचनामा उल्लेख छ ।
मन्त्रालयका अनुसार अक्सिजन आपूर्तिका लागि ९८५१३१०५८१ र ९८५१३१०५८४ हटलाइन मोवाइल तथा [email protected] मा सम्पर्क गर्न सकिनेछ ।