काठमाडौँ / जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कोभिड १९ नियन्त्रणको अर्थ राजनीतिमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत ट्वीटरमार्फत अब केही समय देशको सम्पूर्ण ध्यान सत्ता राजनीतिबाट कोभिड–१९ नियन्त्रणको अर्थ–राजनीतिमा केन्द्रित हुन आग्रह गरेका छन् ।
उनले भनेका छन् “तत्काल विभिन्न तहका सरकार र निजी क्षेत्रको संयोजनमा पर्याप्त अक्सिजन उत्पादन/वितरण,बेड/उपकरण,जनशक्ति,खोप आदि व्यवस्थापन युद्धस्तरमा गरौं ! जनताको जीउज्यान रहे राजनीति हुॅदैगर्ला !
अब केही समय देशको सम्पूर्ण ध्यान सत्ता राजनीतिबाट कोभिड-१९ नियन्त्रणको अर्थ-राजनीतिमा केन्द्रित होऊॅ। तत्काल विभिन्न तहका सरकार र निजी क्षेत्रको संयोजनमा पर्याप्त अक्सिजन उत्पादन/वितरण,बेड/उपकरण,जनशक्ति,खोप आदि व्यवस्थापन युद्धस्तरमा गरौं! जनताको जीउज्यान रहे राजनीति हुॅदैगर्ला!
— Baburam Bhattarai (@brb1954) May 14, 2021