जोन्टा क्लव अफ काठमाडौँद्वारा परोपकार अस्पताललाई ४ वटा अक्सिजन कन्सनट्रेटर प्रदान

जोन्टा क्लव अफ काठमाडौँद्वारा परोपकार अस्पताललाई ४ वटा अक्सिजन कन्सनट्रेटर प्रदान

अर्थ डबली
शुक्रवार, बैशाख ३१ २०७८
अर्थ डबली
शुक्रवार, बैशाख ३१ २०७८ (अर्काइभ बाट)
  • जोन्टा क्लव अफ काठमाडौँद्वारा परोपकार अस्पताललाई ४ वटा अक्सिजन कन्सनट्रेटर प्रदान

    काठमाडौँ / कोभिडका केसहरुमा भर्खरको वृद्धिले देशभरका अस्पतालहरुमा अक्सिजनको अभाव देखिएको छ । 

    images

    यो अवस्था विशेष गरी गर्भवती र सुत्केरी आमाहरू जो कोभिडबाट संव्रmमित छन् उनीहरूको लागि गम्भीर रहेको छ ।

    यही कोभिडको संक्रमणको संख्यामा बढ्दै गएको प्रतिव्रिmयाको अनुरुप जोन्टा क्लव अफ काठमाडौँले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रशुतिगृह) लाई चार वटा अक्सिजन कन्सनट्रेटर दान गरेको छ ।

    चार वटा अक्सिजन कन्सनट्रेटरहरू हिजो अस्पतालका हेड कोभिड विङका इन्चार्ज डाक्टर सुवेदीलाई हस्तान्तरण गरियो ।
    अप्रिल २०२० मा पहिलो लकडाउनको क्रममा खाद्यान्न प्याकेट, पीपीई सेट र काठमाडौँ र ललितपुर वरिपरि भर्खरै जन्मिएका बच्चाहरुलाई किटहरुको वितरण सहित जोन्टाले कोभिडको विरुद्ध लडाईमा लिएको यो धेरै मध्यको एक पहल हो ।

    जोन्टा क्लवअफ काठमाडौँका अध्यक्ष सीमा गोल्छाले  भनिन् “महिला र बालबालिकाको सुधारको लागि काम गर्ने अभियानका साथ हामीआशावादी छौं कि यो समर्थनले खाँचोमा परेकाहरूलाई सहयोग गर्ने छ ।”

    साताको लोकप्रीय