काठमाडौँ / विकास बैंक एशोसिएसनले आफ्ना सदस्य बैंकहरूलाई ग्राहक र कर्मचारीको सुरक्षालाई ध्यान दिँदै सेवा दिन निर्देशन दिएको छ ।
कोरोना भाइरस कोरोना नियन्त्रण गर्नका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधात्मक आदेश जारी गरिरहेका छन् । यस विषम् परिस्थितिले आफू सुरक्षित हुंदै र ग्राहकहरुलाई पनि सुरक्षित गराउँदै बैंकिङ् सेवा प्रदान गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई पनि चुनौंति थपिएको छ ।
यी कुरालाई मध्ये नजर गर्दै एशोसिएसनको कार्य समितिले बैशाख १९ गते दिइएको निर्देशनको अतिरिक्त निम्नानुसारको थप व्यवस्था मिलाउन आफ्ना सदस्य बैंकहरूलाई अनुरोध गरेको छ ।
ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र सम्भव भएसम्मका अझ थप उपायहरू अवलम्वन गर्ने,
प्रधान कार्यालयका कर्मचारीहरूलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने र वर्क फर्म होमको माध्यमबाट कार्य गर्ने गराउने,
सूचना प्रबिधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि अत्यावश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउने,
ग्राहकहरुले सम्पर्क व्यक्तिहरु मार्फत गरेका अनुरोध र सुझाबलाई व्यवहारिक तरिकाले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधि भित्र रहेर हल गर्ने,
संभव भएसम्म डिजिटल बैंकिङ् प्रडक्टहरूबाट बैंकिङ् कारोवार गर्न आ—ग्राहकहरुलाई उपलब्ध र संभव भएसम्मका संचार माध्यमबाट अनुरोध गर्ने,
आ-आफ्ना ग्राहकहरुलाई परिस्थिति केहि सहज नभए सम्म साना साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गर्ने,
नेपाल राष्ट्र बैंक, सम्बन्धित जिल्ला प्रशासन/नेपाल सरकारले दिएको निर्देशन पूर्णतया अनुपालना गर्ने ।
कोरोना भाइरसको दोस्रो लहरको असर देशभर फैलिसकेको छ । नयाँ संक्रमण हरेक दिन ९ हजारको हाराहारीमा हुने गरेको, अक्सिजन, आइसियु, भेन्टिलेटर आदिको अभाव र अस्पतालमा उपचारका लागि बेड नपाउने जस्ता समेत कारणले मृत्यु हुने दैनिक संख्या पनि २०० पनि नाघ्न थालेको छ । यस्तो अवस्थामा सावधानी अपनाउदै सेवा दिन एशोसिएसनले सदस्य बैंकहरुलाई अनुरोध गरेको हो ।