काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ ।
मौसम विश्लेषण
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिणपूर्व भूभाग नजिक रहेको न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।
हाल मौसमको अवस्था
हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ जेठ १ गते (शनिबार)
दिउँसोस् देशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहने छ र बांकी भुभागहरूमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातीस् देशका प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकि भूभागहरुमा आंशिक बदली रहेने छ। प्रदेश नं १ का पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
२०७८ जेठ २ गते (आइतबार)
दिउँसो : प्रदेश १ लगायत देशका अन्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भूभागहरुमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य वदली र बाँकि भूभागहरुमा आंशिक बदली रहेने छ।
२०७८ जेठ ३ गते (सोमबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।