एमाले विवाद मिलाउन बन्यो ५/ ५ जनाको वार्ताटोली, कोको हुन् ?

एमाले विवाद मिलाउन बन्यो ५/ ५ जनाको वार्ताटोली, कोको हुन् ?

अर्थ डबली
आइतवार, जेठ २ २०७८
अर्थ डबली
आइतवार, जेठ २ २०७८ (अर्काइभ बाट)
  • एमाले विवाद मिलाउन बन्यो ५/ ५ जनाको वार्ताटोली, कोको हुन् ?

    काठमाडौं / नेकपा (एमाले) विवाद मिलाउन दुबै पक्षको ५–५ जनाको वार्ता टोली गठन गरिएको छ । 

    images
    images

    लामो समय देखि खड्किएको विवाद मिलाउन आज आइतबार सिंहदरबारमा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल भएको थियो । 

    ओली र नेपालको वान टु वान वार्तापछि नेता माधव नेपालले ३ दिनभित्र वार्ता टोलीले पार्टी विवादका सन्दर्भमा प्रतिवेदन बुझाउनुपर्ने धारणा राखेका छन् । प्रधानमन्त्री ओली एमाले जेठ २ को आधारलाई जान तयार भएपछि एमाले विवाद मत्थर हुँदै गएको हो । 

    गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै वार्ता टोलीको टुंगो लगाएका हुन्  ।

     ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । 

    त्यस्तै, नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । 

     

    साताको लोकप्रीय