नबिल बैंकको वेबसाइटमार्फत नबिल iCard का लागि निवेदन दिन सकिने 

नबिल बैंकको वेबसाइटमार्फत नबिल iCard का लागि निवेदन दिन सकिने 

अर्थ डबली
आइतवार, जेठ २ २०७८
अर्थ डबली
आइतवार, जेठ २ २०७८ (अर्काइभ बाट)
  • नबिल बैंकको वेबसाइटमार्फत नबिल iCard का लागि निवेदन दिन सकिने 

    काठमाडौँ नबिल बैंकले आफ्ना ग्राहकहरूको सुबिधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइटमार्फत नबिल iCard को लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ । 

    images

    बैंकको यस नयाँ सुविधामार्फत नबिल बैंकमा खाता भएका ग्राहकहरूले आफै बैंकको वेबसाइटमा गई आई कार्डका लागि निवेदन दिन सकिनेछ । 

    बैंकको वेभसाइटको 'Nabil iCard' सेक्सनमा (https://nabilbank.com/en/personal/card-e-banking/products/nabil-icard) गइ 'Apply Now' विकल्प छानी नबिल iCard को लागि निवेदन दिई, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड सङ्कलन गर्न सक्नेछन् । 

    यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुन ग्राहकले सजिलैसँग सन्दर्भ गर्न सक्दछन् । बैंकको ग्राहक सेवा केन्द्रमार्फत (०१–५९७००१५) सम्पर्क गरी थप जानकारी लिन सकिने बैंकले जनाएको छ । 

    विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नया“ सुबिधा ल्याएको छ ।

    साताको लोकप्रीय