सेयर बजारमा उछाल

सेयर बजारमा उछाल

अर्थ डबली
सोमवार, जेठ ३ २०७८
अर्थ डबली
सोमवार, जेठ ३ २०७८ (अर्काइभ बाट)
  • सेयर बजारमा उछाल

    देशमा कोरोना कहर चाप बढिरहँदा सेयर बजारमा भने उछाल आएको  छ ।

    images
    images

    निषेधाज्ञाका कारण देशका अधिकांश जिल्लामा व्यापार–व्यवसाय ठप्पप्राय हुँदा लगानीकर्ताको ध्यान सेयर बजारमा तानिएको छ ।

    जसका कारण सेयर बजारमा हरियाली छाउनुका साथै नयाँ रेकर्डसमेत बनेको छ । साताको  पहिलो  कारोबार  दिनमा  नेप्से परिसूचक ५४।२१ अङ्कले बढेर २७३८.२९ को बिन्दुमा पुगेको छ ।

    यो नयाँ रेकर्ड हो । त्यस्तै,  कारोबार  पनि  १०  अर्ब  ४०  करोड ३८ लाख ७९ हजार रुपियाँको भएको छ । यो उच्च कारोबार हो ।

    नेप्सेको  अनलाइन  सिस्टममा  सुधार आउँदा, बजारमा प्रशस्त  तरलता  हुँदा  र विदेशमा बस्ने नेपालीले  समेत  सहजै लगानी  गर्नसक्ने  अवस्थाका  कारण अहिलेको बजार बढेको लगानीकर्ताको भनाइ छ ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

    साताको लोकप्रीय