राधी विद्युत कम्पनीद्वारा ३६.५० प्रतिशत बोनश शेयर घोषणा

राधी विद्युत कम्पनीद्वारा ३६.५० प्रतिशत बोनश शेयर घोषणा

अर्थ डबली
सोमवार, जेठ ३ २०७८
अर्थ डबली
सोमवार, जेठ ३ २०७८ (अर्काइभ बाट)
  • राधी विद्युत कम्पनीद्वारा ३६.५० प्रतिशत बोनश शेयर घोषणा

    काठमाडौँ / राधी विद्युत कम्पनी लिमिटेडले बोनश शेयर घोषणा गरेको छ । कम्पनीको यही जेठ २ गते बसेको बैठकले आ.व. २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ४७ अर्ब ३५ करोड ५६ हजार रुपैयाँको ३६.५० प्रतिशत बोनश शेयर दिने भएको हो । 

    images
    images

    कम्पनीले कर बाहेक वितरण गर्ने भनिएको १७ करोड २८ लाख ४८ हजार रुपैयाँ बराबरको बोनश शेयर कम्पनीको आगामी १५ औँ बार्षिक साधारण सभाले स्वीकृत गरेपछि मात्रै वितरण गरिने कम्पनीले जनाएको छ । 

     

    सुनिलस्मृति गाउँपालिकाः गरीब जनतालाई उज्यालो

    सुनिलस्मृति गाउँपालिका –  ४ ले गरीब जनताका लागि उज्यालो दिएको छ ।  वडाका २० युनिटभन्दा  कम विद्युत् खपत गर्दै आएका ५२७  घरधुरीलाई विद्युत्  उपलब्ध गराइएको  हो । 

    कोरोनाका  कारण लामो समयदेखि  रोजगारी गुमाएका गरीब तथा विपन्नलाई वडा कार्यालयको   निःशुल्क उज्यालो कार्यक्रमले प्रत्यक्ष फाइदा पु¥याएको छ ।
     
     कार्यक्रमअन्तर्गत वडाले  विपन्नको विद्युत्  महसुल नेपाल विद्युत प्राधिकरणमा भुक्तानी गरेको  छ ।  

    आठ सय २० घरधुरी रहेको वडामा विद्युत्को पहुँच भएका ७५९ घरधुरी छन् । विद्युतको पाहुँचमा रहेकामध्ये  २० युनिटभन्दा कम विद्युत् खपत गर्ने  घरधुरीका लागि विद्युत  महसुल तिरिदिइएको वडाध्यक्ष गञ्ज  क्षेत्रीले  बताए।

    साताको लोकप्रीय