भारतमा संक्रमणदर घट्यो तर घटेन मृत्युदर, अन्य देशको अवस्था कस्तो छ ? 

भारतमा संक्रमणदर घट्यो तर घटेन मृत्युदर, अन्य देशको अवस्था कस्तो छ ? 

अर्थ डबली
मंगलवार, जेठ ४ २०७८
अर्थ डबली
मंगलवार, जेठ ४ २०७८ (अर्काइभ बाट)
  • भारतमा संक्रमणदर घट्यो तर घटेन मृत्युदर, अन्य देशको अवस्था कस्तो छ ? 

    काठमाडौँ / पछिल्लो केही दिन यता भारतमा कोरोना संक्रमणदरमा केही कमि आएको भए पनि मृत्युदरमा भने कमि आएको देखिएको छैन ।

    images
    images

    वर्ल्डो मिटरको आँकडा अनुसार गत २४ घण्टामा २ लाख ६३ हजार ४५ जना नयाँ संक्रमित थपिएका छन् भने ४ हजार ३४० जनाको मृत्यु भएको छ । 

    यस अवधिमा भारतमा ४ लाख २२ हजार ३९४ जना निको भएका छन् । संक्रमणदर घटेर निको हुने दर बढीरहदा पनि मृत्युदरमा भने कमि नआएको हो । 

    यसैगरी अमेरिकामा बितेको २४ घण्टामा २४ हजार ९८२ संक्रमित थपिएका छन् भने ६४ हजार ९५४ जना निको भएका छन् । यसैगरी सोही अवधिमा अमेरिकामा ३६५ जनाको मृत्यु भएको छ । 

    त्यस्तै, ब्राजिलमा ३३ हजार ६३१ संक्रमित थपिएका छन् भने एकहजार ३९ को मृत्यु भएको छ । यस अवधिमा ब्राजिलमा ५५ हजार १४६ संक्रमित निको भएका छन् । 
    विस्तृतमा हेर्नुस् 

    1.JPG

    2.JPG

    3.JPG

    साताको लोकप्रीय