अनलाइन सपिङ गर्दै हुनुहुन्छ ? यसमा हुने ठगीबाट बच्न अपनाउनुस् यी ५ उपाय

अनलाइन सपिङ गर्दै हुनुहुन्छ ? यसमा हुने ठगीबाट बच्न अपनाउनुस् यी ५ उपाय

अर्थ डबली
मंगलवार, जेठ ४ २०७८
अर्थ डबली
मंगलवार, जेठ ४ २०७८ (अर्काइभ बाट)
  • अनलाइन सपिङ गर्दै हुनुहुन्छ ? यसमा हुने ठगीबाट बच्न अपनाउनुस् यी ५ उपाय

    एकातिर पछिल्लो समय अनलाइन सपिङतिर आकर्षण बढीरहेको छ भने अर्कोतिर कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेज्ञाधाका कारण अनलाई सपिङ राम्रो विकल्प बनेको छ । 

    images
    images

    कोरोना संक्रमणको जोखिम कम गर्न पनि अहिले अनलाइन सपिङ प्रभावकारी मानिएको छ । 

    अनलाइन सपिङको विषयमा हाम्रा विभिन्न आकांक्षाहरु हुन्छन् । हामी वेभसाइटमा सामान राम्रो देखेको भरमा सामान किन्छौँ तर त्यो सामानको बारेमा प्रत्यक्ष भने बुझेका हुदैनौँ अझ भनौँ सामानको वास्तिविक पहिचानबाट हामी जानकार हुदैनौँ । 

    हुनसक्छ कतिपय सामानको त हामी सामान नै नदेखी पैसा तिरिसक्छौँ । अनलाइन सपिङ गर्नु भनेको एक हिसाबले जोखिम मोल्नु जस्तै हो । यसकारण अनलाइन सपिङमा हुने ठगीबाट कसरी बच्न सकिन्छ त्यसको विषयमा तल चर्चा गरिएका छ :

    १. बिक्रेता कम्पनीबारे जानकार विश्वका ठूला मानिएका ई-कमर्श वेभसाइटहरुले बिक्रेताहरुको लागि बजार तयार गर्दछ तर यी कम्पनीहरु आफैँ भने कुनै पनि प्रोडक्ट बेच्दैनन्

    । यी वेभसाइटमा सबै बिक्रेताले बेच्ने सामान नहुन पनि सक्छ तर केहि विक्रेताहरु भने आफूलाई ती कम्पनीहरुको आधिकारिक विक्रेता भन्ने गर्दछन् । त्यसैले हामीले सामान लिनु अगाडि विक्रेता कम्पनीको बारेमा पनि जानकारी राख्नुपर्छ ।

    २. विक्रेता कम्पनीको गोदाममा भएको सामान मात्रै किन्नुहोस् केहि ठूला वेभसाइटहरुको आफ्नै गोदाम हुन्छ तर केहि वेभसाइट भने थर्ड पार्टी विक्रेता हुन्छन् ।

    यदि तपाई उनीहरुकै गोदाममा भएको सामान किन्नुहुन्छ भने त्यो र त्यो सामानमा सम्बन्धित जिम्मेवार कम्पनीको ट्याग लागेको छ भने पछि तपाईले किन्नु भएको सामानमा समस्या देखियो भने समाधान गर्न सजिलो हुन्छ । 

    ३. सामानको मूल्यबारे बुझ्नुहोस् आफूलाई मन परेको सामान किन्नको लागि द्यग्थ् बटन थिचेर सामानको मूल्य हेर्नुहोस् । सामानको मूल्य र त्यसको गुणस्तरबारे बुझेर मात्रै सामान अर्डर गनुहोस् । बिक्रेताको भरोसामा सामान खरिद गर्दा ठगिने सम्भावना बढी रहन्छ । 

    ४. अनलाइन सपिङको भुक्तानी गर्दा कार्डभन्दा पैसा प्रयोग गर्नुहोस् अनलाइन सपिङलाई सुरक्षित त मानिन्छ तर जति सुरक्षित मानिन्छ त्यति सुरक्षित भने छैन । खासगरी ई–ट्रान्जेशनको मामलामा ।

    पैसा तिरेर भुक्तानी गर्दा सामान हातमा परेपछि मात्रै पैसा तिरिन्छ । यदि सामान चित्त बुझेन भने तपाई प्रोडक्न किन्दिन भन्न पनि सक्नुहुन्छ तर इ–पे गर्नुभयो भने सामान डिलेभर गर्ने मान्छेले तपाईको सहयोग गर्न सक्दैनन् र सामान जस्तोसुकै भए पनि किन्नुपर्ने बाध्यता हुन्छ ।  

    ५. सस्तो र डिस्काउन्ट खोज्नतिर नलाग्नुहोस् यदि तपाइलाई कुनै महङ्गो सामान वेभसाइटमा सस्तो मिलेको छ भने किन्ने मन लाग्न सक्छ । सामान सस्तो भन्दै तपाईको मेहनतको कमाई ठगी गर्ने मान्छेहरु धेरै भेटिन्छन् ।

    महङ्गो सामान सस्तो दिने भन्दै सामानको बदलामा अन्य चिजहरु प्याक गरेर दिने गरेको घटनाहरु हामीले सुनेकै हुनसक्छौँ । सामान्यतया अनलाइन सपिङमा महङ्गो सामानलाई डिस्काउन्ट दिएर सस्तोमा बेचिदैन ।

    यसकारण तपाईले सामान किन्नु अगाडि उक्त कम्पनी आधिकारिक विक्रेता हो कि होइन, विक्रेताको रेटिङ राम्रो छ कि टैन कतिको टान्जेक्सन गरेको छ जस्ता कुराहरुको बारेमा जानकारी लिनु आवश्यक छ ।

    साताको लोकप्रीय