महामारीबीच सेयर बजारमा प्रगति

महामारीबीच सेयर बजारमा प्रगति

अर्थ डबली
मंगलवार, जेठ ४ २०७८
अर्थ डबली
मंगलवार, जेठ ४ २०७८ (अर्काइभ बाट)
  • महामारीबीच सेयर बजारमा प्रगति

    कोरोना महामारीले मानवीय जनजीवन तथा समग्र अर्थतन्त्र आक्रान्त भइरहेको बेला सेयर बजार भने दिनहुँ उकालो लाग्ने क्रम जारी छ। 

    images
    images

    आइतबार ५४ अंकले बढेको सेयर बजार मापक परिसूचक नेप्से सोमबार पनि बढेको छ। यसदिन २०.७१ बिन्दुले बढेपछि नेप्से २७५९.२२ अंकमा पुगेको छ। 

    एक करोड ९० लाख ५६ हजार दुई ३६ कित्ता सेयर खरिदबिक्री हुँदा नौ अर्ब ५७ करोड ६३ लाख ६१ हजार एक ३९ रूपैयाँ बराबरको कारोबार भयो। यसदिन होटल तथा पर्यटन, विकास बैंक र म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ उपसमूह बाहेक सबैको मूल्य बढ्यो। 

    अघिल्लो दिनझै सोमबार रुरु जलविद्युत्को सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लाग्यो।  

    त्यस्तै राधी विद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, गुँरास लघुवित्त वित्तीय संस्था, वरुण हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रो, नेपाल फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट, खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्यो।

    आइतबार १० अर्ब ४० करोड रूपैयाँको सेयर कारोबार भएको थियो। 
    आजको नागरिक दैनिकमा समाचार छ । 

    साताको लोकप्रीय