काठमाडौँ / सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको यही ४ गते बसेको ३०० औँ बैठकले आर्थिक बर्ष २०७६/२०७७ को मुनाफाबाट लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर तथा चुक्ता पूँजीको ०.५७८९ प्रतिशत नगद लाभांश (बोनस शेयर लाग्ने कर प्रयोजनार्थ) वितरणका लागि नियामक निकाय बीमा समितिमा सिफारिस गरेको छ । बीमा समितिको स्वीकृति र आगामी साधारण सभाले अनुमोदन गरेपछि उक्त लाभांश वितरण गरिनेछ ।