निषेधाज्ञाभर मूल्य अभिवृद्धि कर नबुझाउँदा जरिवाना नगर्न आदेश

निषेधाज्ञाभर मूल्य अभिवृद्धि कर नबुझाउँदा जरिवाना नगर्न आदेश

अर्थ डबली
बुधवार, जेठ ५ २०७८
अर्थ डबली
बुधवार, जेठ ५ २०७८ (अर्काइभ बाट)
  • निषेधाज्ञाभर मूल्य अभिवृद्धि कर नबुझाउँदा जरिवाना नगर्न आदेश

    काठमाडौँ / सर्वोच्च अदालतले  निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असूल नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

    images
    images

    न्यायाधीश मीरा खड्काको एकल इजलासले  निषेधाज्ञा खुलेपछि बाटाको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सकिने व्यवस्था गर्न सरकारका नाममा आज आदेश जारी गरेको हो ।

    आदेशमा बाटाको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत  लिखित जवाफ पेश गर्न अर्थ मन्त्रालयलाई भनिएको छ । 

    अधिवक्ता सिर्जना अधिकारीले सरकारको आन्तरिक राजश्व विभागको वेबसाइटमा कर विवरण बुझाउने सम्बन्धमा कुनै सूचना वा जानकारी उपलब्ध नगराई जरिवाना लगाइएको जनाउँदै अदालतमा निवेदन दायर गरेकी थिइन् । 

    साताको लोकप्रीय