आगामी तीन दिनको मौसम : कहाँ भारी बर्षा, कहाँ हल्का बर्षा र कहाँ हिमपात होला ? हेर्नुस् 

आगामी तीन दिनको मौसम : कहाँ भारी बर्षा, कहाँ हल्का बर्षा र कहाँ हिमपात होला ? हेर्नुस् 

अर्थ डबली
बिहिवार, जेठ ६ २०७८
अर्थ डबली
बिहिवार, जेठ ६ २०७८ (अर्काइभ बाट)
  • आगामी तीन दिनको मौसम : कहाँ भारी बर्षा, कहाँ हल्का बर्षा र कहाँ हिमपात होला ? हेर्नुस् 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ । 

    images
    images

    हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव तथा भारतको राजस्थान आसपासमा रहेको चक्रवात ताउ-ते “त्बगपत्बभ थप कमजोर हुँदै उतर पुर्वतिर अगाडि बढेको छ र यसको प्रभाव रहेको छ ।

    हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। देशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
     आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ जेठ ६ गते (बिहिबार)

    दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकि प्रदेश र बाग्मति प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।उच्च हिमाली भूभागका केहि स्थानहरुमा भारि हिमपात र वर्षाका सम्भावना रहेको छ।

    राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्विनि प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।उच्च हिमाली भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ।

    २०७८ जेठ ७ गते (शुक्रबार)

    दिउँसो :  देशका धेरैजसो भूभागमा आंशिक देखि सामान्य  बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    रातीस्  प्रदेश १ लगाएत देशका बाँकी पहाडी भूभागमा आंशिक देखी सामान्य  बदली र बाँकी भूभागमा सामान्यतय सफा रहनेछ। प्रदेश १, बाग्मति र गण्डकी प्रदेशका एक/दुई  स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

    २०७८ जेठ ८ गते (शनिबार)

    दिउँसो :   प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य  बदली रहि बाँकि भूभागमा आंशिक बदलि रहने छ। प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

    राती :   प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य  बदली रहि बाँकि भूभागमा आंशिक देखी सामान्यतया सफा रहने छ। प्रदेश नं १, बाग्मति प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 
     
    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम  बर्षा र थोरै स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेकाले आवश्यक  सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

    साताको लोकप्रीय