राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल ५०८८ मतले विजयी, बादल र तामाङले कति मत पाए ? 

राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल ५०८८ मतले विजयी, बादल र तामाङले कति मत पाए ? 

अर्थ डबली
बिहिवार, जेठ ६ २०७८
अर्थ डबली
बिहिवार, जेठ ६ २०७८ (अर्काइभ बाट)
  • राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल ५०८८ मतले विजयी, बादल र तामाङले कति मत पाए ? 

    काठमाडौँ / राष्ट्रियसभा सदस्यको  उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. डा खिमलाल देवकोटा विजयी भएका छन् । 

    images
    images

    आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ र   नेकपा (एमाले)का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गरेका हुन् । 

    त्यस्तै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

    स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाए । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए ।

    राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो भने साढे ४ बजेदेखि मतगणना शुरु भएको थियो ।

    साताको लोकप्रीय