भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ? यस्ता छन् उपाय

भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ? यस्ता छन् उपाय

अर्थ डबली
शुक्रवार, जेठ ७ २०७८
अर्थ डबली
शुक्रवार, जेठ ७ २०७८ (अर्काइभ बाट)
  • भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ? यस्ता छन् उपाय

    खानपान र जीवनशैलीले हाम्रो शरीरमा प्रतिरक्षाले प्रणालीलाई बलियो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएमा सामान्य रोगहरुले पनि सजिलै आक्रमण गर्न सक्छन् । 

    images

    प्रतिरोधक क्षमताले हाम्रो शरीरमा भएको जीवाणुहरुको संक्रमणबाट बचाउन भूमिका खेल्छ ।

    यस्तो छ रोग प्रतिरोधात्मक क्षमता बढाउने तरिका : तनावबाट टाढा रहने स् तनावले मानिसलाई कमजोर बनाउँछ । यसले विभिन्न खालको रोगको जोखिम बढाउँछ । तनावको कारण मानिसको शरीरमा कोलेस्ट्रोल लेभल बढ्ने गर्छ जसले गर्दा विभिन्न खालका रोगहरु देखा पर्छन् । 

    धुम्रपान र मद्यपान त्याग्ने : धुम्रपान गर्दा हाम्रो शरीरमा निकोटिन नामक तत्वले प्रवेश गर्छ भने मदिरापानले पनि मानिसलाई कमजोर बनाउँछ । यसले हाम्रो शरीरमा विभिन्न खालका समस्याहरु उत्पन्न गराउँछ । यसले हाम्रो फोक्सो र कलेजोलाई हानी पुर्याउँछ ।   

    पानी तथा हरिया साजसब्जी : पानीको सेवनले शरीरको विषाक्तता पिसाब तथा पसिनाको माध्यमद्धारा बाहिर निकाल्न सहायता प्रदान गर्छ ।

    जबकी हरियो सागसब्जीमा पर्याप्त मात्रामा क्याल्सियम, फाइबर, भिटामिन तथा खनिज पदार्थ पाइन्छ । जसले शरीरमा ताकत बढाउने मात्र हैन, रोगसित लड्न पनि मद्दत गर्छ ।   

    घाममा बस्ने : घामको माध्यमबाट हामीलाई भिटामिन डी प्राप्त हुन्छ । जुन हाम्रो स्वास्थ्यको लागी निकै महत्वपुर्ण छ । त्यसैले हरेक बिहान घाममा बस्नु निकै जरुरी छ ।

    शरीरिक व्यायाम : शारीरिक व्यायामले मानिसलाई धेरै खालका रोगहरुबाट टाढा राख्छ । हरेक दिन व्यायाम गर्नाले हाम्रो मुटु स्वास्थ्य रहन्छ ।

    साताको लोकप्रीय