जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजद्वारा कोभिड महामारीको सामना गर्न २ करोड सहयोग 

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजद्वारा कोभिड महामारीको सामना गर्न २ करोड सहयोग 

अर्थ डबली
शुक्रवार, जेठ ७ २०७८
अर्थ डबली
शुक्रवार, जेठ ७ २०७८ (अर्काइभ बाट)
  • जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजद्वारा कोभिड महामारीको सामना गर्न २ करोड सहयोग 

    काठमाडौँ / जावलाखेल गु्रप अफ इण्डष्ट्रिजले कोभिड १९ महामारीको सामना गर्न दुई करोड बराबरको सहयोग गरेको छ । 

    images

    इण्डष्ट्रिजले सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानीय सामुदायिक संस्थाको अग्रसरतामा कोभिड १९ प्रभावित लक्षित समूहलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको हो । 

    अक्सिजन, भेन्टिलेटर, आई.सी.यु. लगायत अन्य स्वास्थ्य सामग्री खरिदको इण्डष्ट्रिजले पछिल्लो दुई हप्तामा दुई करोडको प्रत्यक्ष अनुदान प्रदान गरेको छ ।

    इण्डिष्ट्रिजद्वारा जारी विज्ञप्तिअनुसार ग्रुपले अक्सिजन प्लान्ट र आई.सि.यु. विस्तारका लागि धुलिखेल अस्पताललाई एक करोड पैत्तीस लाखको सहयोग गरेको छ । 

    यसैगरी नेपालको विभिन्न प्रदेशहरुमा सामुदायिक समुहको प्रयासको लागि सहयोग स्वरुप रु पचहत्तर लाख प्रदान गरिएको ग्रुपले जनाएको छ ।
    जावलाखेल गु्रप अफ इण्डष्ट्रिजका अध्यक्ष विजय कुमार शाहले समुदायलाई आवश्यक परेको बेला सहयोग गर्ने कुरा मानव धर्म रहेको बताए । 
    उनले आफ्नो ब्यक्तिगत क्षमतामा खाँचो परेका र बञ्चित समुदायलाई वर्षेनी लाखौं रुपैया सहयोग गर्दै आएका छन् । 

    अध्यक्ष शाह नेपालको सबैभन्दा बढी कर तिर्ने ब्यक्तिगत करदाता पनि हुन् ।

    त्यस्तै, इण्डष्ट्रिजका गु्रप कार्यकारी निर्देशक सशिन जोशीले अहिलेको यो कठिन समयमा एक सच्चा कर्पोरेट नागरिकको हैसियतले व्यापारिक घरानाहरूले कुनै पनि अपेक्षा नराखी स्वच्छ रूपले सहयोगी भाव विकास गर्नुपर्नेमा जोड दिए । 

    उनले कर्पोरेट सेक्टर पनि यहि समुदायको एक अभिन्न हिस्सा भएको र जसको अस्तित्व समुदायको हितसँग निर्भर बताए । उनले भने “यो समय सरकारले सिमित स्रोत र साधनबाट गरेको प्रयास प्रति हामीले सहयोग र समर्थन गर्ने पनि हो ।”

    ग्रुपले गरेको सहयोगहरू यस्ता छन् :

    १. अक्सिजन प्लान्ट र आई.सि.यु. विस्तारका लागि धुलिखेल अस्पताललाई रु एक करोड पैत्तीस लाखको सहयोग ।

    २. नेपालको विभिन्न प्रदेशहरुमा सामुदायिक समुहको प्रयासको लागि सहयोग स्वरुप रु पचहत्तर लाख प्रदान गरिएको छ ।

    क. नेपाल भेन्टिलेटर सर्भिसलाई ज्ष्नज(ँयिध ऋबललगबिक 

    ९लयल(ष्लखबकष्खभ० भेन्टिलेटर खरिद गर्न सहयोग ।

    ख. विरगंज महानगरपालिकामार्फत विरगंज, पर्सामा अस्थायी कोभिड अस्पताल संचालनको लागि सहयोग ।

    ग. ललितपुर महानगरपालिका र ज्यापु समाजको सहयोगमा ललितपुरका रोटरी क्लबहरु मार्फत सञ्चालित आईसोलेसन सेन्टरका लागि उपकरण र सामाग्री खरिद ।

    घ. विराटनगर, मोरङमा अक्सिजन सहितको आईसोलेसन सेन्टर संचालनको लागि रोटरी क्लब अफ विराटनगर युनिक लाई सहयोग ।

    ङ. रोटरी क्लब अफ विर्तामोडलाई झापामा अक्सिजन बैंक संचालन गर्न सहयोग ।

    च. रोटरी क्लब अफ धनगढीलाई धनगढी, कैलालीमा अक्सिजन बैंक संचालन गर्न सहयोग ।

    छ. लायन्स क्लब अफ बुटवलमार्फत बुटवल, रूपन्देहीमा अक्सिजन ग्यास भर्ने कार्यको लागि सहयोग ।

    ज. रोटरी क्लब अफ भैरहवा मार्फत भैरहवा, रूपन्देहीमा सञ्चालित आईसोलेसन सेन्टरका लागि उपकरण खरिदमा सहयोग ।

    झ. भैरहवा चेम्बर अफ कर्मसमार्फत रूपन्देहीमा सञ्चालित अक्सिजन ग्यास भर्ने कार्यको लागि सहयोग ।

    ञ. देशभरी आफ्नो ग्राहक तथा स्थानिय समुदायको लागि पाँच लाख फेस मास्क वितरण गरेको ।

     

    साताको लोकप्रीय