भन्सार विभागले लागू गर्‍यो मालवस्तु शीघ्र जाँचपास कार्यविधि, अब कोरोना रोकथाम र उपचारसँग सम्बन्धित वस्तु प्राथमिकतामा 

भन्सार विभागले लागू गर्‍यो मालवस्तु शीघ्र जाँचपास कार्यविधि, अब कोरोना रोकथाम र उपचारसँग सम्बन्धित वस्तु प्राथमिकतामा 

अर्थ डबली
शुक्रवार, जेठ ७ २०७८
अर्थ डबली
शुक्रवार, जेठ ७ २०७८ (अर्काइभ बाट)
  • भन्सार विभागले लागू गर्‍यो मालवस्तु शीघ्र जाँचपास कार्यविधि, अब कोरोना रोकथाम र उपचारसँग सम्बन्धित वस्तु प्राथमिकतामा 

    काठमाडौं/  कोरोना भाइरस (कोभिड १९) रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि, २०७८ भन्सार विभागले कार्यान्वयनमा ल्याएको छ । 

    images
    images

    भन्सार विभागले सरकारको निर्देशनपछि यस्तो निर्देशन ल्याएको हो । उक्त निर्देशनपछि अब विभागले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बद्ध २१ प्रकारका स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिनेछ ।

     प्राथमिकताको आधारमा  छिटो र छरितो बनाउन उक्त कार्यविधि कार्यान्वयनमा ल्याइएको विभागले जनाएको छ । अध्यावश्यक मालबस्तुको पैठारीमा सहजीकरण गरी छिटो भन्सार जाँचपास गर्ने व्यवस्था गर्न वाञ्छिनिय भएकोले भन्सार ऐन, २०६४ को दफा ९३ बमोजिम विभागले यो कार्यविधि बनाई लागू गरेको हो । 

    आपूर्ति व्यवस्थालाई सहज एवं शीघ्र बनाउन कार्यलयको नियमित समयभन्दा अघि वा पछि र सार्वजनिक विदाको दिनमा पनि यात्रु जाँच पास कक्ष वा काउन्टरबाटसमेत अत्यावश्यक मालबस्तुको जाँचपास गर्ने गरी भन्सार कार्यलयको प्रमुखले  आवश्यक व्यवस्था गर्नुपर्ने छ । 

    अत्यावश्यक मालबस्तुको पैठाीलाई सहज गराउने सम्बन्धमा भन्सार कार्यलयको प्रमुखले सीमावर्ती समकक्षी भन्सार प्रशासनसँग आवश्यक समन्वय र सहकार्य विभागको कार्यविधिमा उल्लेख छ । 

    विभागका अनुसार सरकारले स्वीकृत गरेको स्वास्थ्यक मापदण्डको अधीनमा रही सबै कार्यलयहरुले भन्सार क्षेत्रभित्र रहेका कर्मचारी, व्यवसायी भन्सार एजेन्ट तथा प्रतिनिध, टर्मिनल तथा सककाार्य गरी अत्यावश्यक मालबस्तुको जाँचपासलाई प्रभावकारी बनाउनु पर्ने छ । 

    अर्थमन्त्री विष्णुप्रसाद पौडलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरूलाई कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बद्ध स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका थिए ।

    जसअनुसार यो कार्यविधि लागू भएपछि सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजीक्षेत्रले आयात गर्ने लिक्वीड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपुर्जालगायत सामग्री विना झन्झट भन्सार जाँचपास गरी पैठारी गर्न थप सहज हुने छ ।

     

    साताको लोकप्रीय