लायन्स क्लब अफ काठमाडौँको सहयोगमा नेपाल भारत मैत्री अस्पतालमा १५ शय्याको एचडियू कोभिड वार्ड

लायन्स क्लब अफ काठमाडौँको सहयोगमा नेपाल भारत मैत्री अस्पतालमा १५ शय्याको एचडियू कोभिड वार्ड

अर्थ डबली
शुक्रवार, जेठ ७ २०७८
अर्थ डबली
शुक्रवार, जेठ ७ २०७८ (अर्काइभ बाट)
  • लायन्स क्लब अफ काठमाडौँको सहयोगमा नेपाल भारत मैत्री अस्पतालमा १५ शय्याको एचडियू कोभिड वार्ड

    काठमाडौँ / लायन्स क्लब अफ काठमाडौँ समर्पणको सहयोगमा काठमाडौँको मित्रपार्कस्थित नेपाल भारत मैत्री–अस्पतालमा १५ शय्याको कोभिड एचडियू वार्ड सञ्चालनमा आएको छ । 

    images
    images

    यसका साथै संस्थाले दुईवटा हाईफ्लो मेशिन र छ वटा बाईप्याप् मेशिन कोभिड बिरामीहरुका लागि निशुल्क रूपमा सेवा दिन अस्पताललाई प्रदान गरेको अध्यक्ष दीपक बंसलले जानकारी दिए । 

    कोभिड १९ को दोस्रो लहरले नेपालमा पनि निकै कठिन अवस्था सृजना गरेको अहिलेको अवस्थामा अझै आवश्यकता अनुसार जीवन रक्षक उपकरणहरू वार्डमा उपलब्ध गराउने लायन्स क्लब अफ काठमान्डौ समर्पणका उपाध्यक्ष लभेन्द्र सिंह मल्ल र सचिव अखिल अग्रवालले जानकारी गराए । 

    अहिलेको संकटपूर्ण घडीमा हामी सबैले आ–आफ्नो स्थानबाट कोभिडसँग लड्न एक जुट हुन आह्वान गर्दै लायन्स क्लब समर्पणसँग सहकार्य गरेर अझै नयाँ कोभिड वार्ड खोल्ने कार्य समेत भइरहेको अस्पतालका प्रबन्ध निर्देशक पवन पाठकले जानकारी गराए । 

    साताको लोकप्रीय