प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणाबारे विप्लवको वक्तव्य 

प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणाबारे विप्लवको वक्तव्य 

अर्थ डबली
शनिवार, जेठ ८ २०७८
अर्थ डबली
शनिवार, जेठ ८ २०७८ (अर्काइभ बाट)
  • प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणाबारे विप्लवको वक्तव्य 

    काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणाबारे वक्तव्य जारी गरेका छन् । 

    images
    images

    आज शनिबार एक विज्ञप्ति जारी गर्दै उनले पाँचओटा बुँदामा आफ्नो धारणा सार्वजनिक गरेको हो । २०७३ सालदेखि दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खादैन, यो सफल हुँदैन भन्ने पार्टीको धारणा रहेको विज्ञप्तिमा लेखिएको छ।  

    विज्ञप्तिमा भनिएको छ “शान्ति, स्थिरता एवम् समृद्धिको नारामा जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको नेकपा र केपी ओली शर्माको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि चुनावमा जानुपर्ने बाध्यता आएको छ ।”

    यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या हो । यो सत्ता र व्यवस्थाको सङ्कटलाई सरकारको मात्र असफलता बताएर फरि पनि संसदीइ व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूला अन्तर्विरोध र सङ्कटमा धकेल्ने मात्र हुने उनले बताएका छन् । 
    हेर्नुस् विज्ञप्ति 

    E1-MhT2VgAEQ14b.jpg

    साताको लोकप्रीय