काठमाडौँ / नेपाल चार्टड एकाउन्टेन्ट्स संघले काठमाडौँको नागार्जुन नगरपालिका वडा नं १, ईचङ्गुनारायण रानीवनमा ३०० शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ ।
संघले नेपाल सरकारको खाली रहेको ब्लक ए भवनमा जेठ ८ गते शनिबारदेखी उक्त आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो ।
उक्त आइशोलेसन केन्द्र अनुमती प्राप्त सर्वाङ्ग स्वास्थ्य सदन सेवा केन्द्र प्रा.लि. संस्थाको प्राविधिक सहयोगमा एक्यानले अक्सीजन बेड सहितका ३०० शैयाको आइशोलेसन सञ्चालन गर्नेछ ।
विद्यमान कोभिड १९ को महामारीको असहज अवस्थामा कोरोना पोजिटिभ भै हाल सामान्य लक्षण देखिएका, घरमा रेखदेख गर्ने मानिस नभएका वा रेखदेख गर्ने भएपनि शरीरमा अक्सिजनको सामान्य तहमा कमि हुन सक्छ कि भन्ने मनोविज्ञानले त्रसित भएकाहरूका लागि लक्षित गरी उक्त आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको बताइएको छ ।
अक्सिजन लेबल ९० भन्दा कम नभएका, सुगर, प्रेसर लगायतका दिर्घकालिन रोग नभएका र हिडेरै आफै आइसोलेसन बेडसम्म जानसक्ने संक्रमितहरूका लागि नेपाल सरकारबाट अनुमति प्राप्त अक्सिजनसहितको नेपालकै ठूलो आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ ।
यस कार्यमा, स्थानीय सरकार, स्थानीय जनसमुदाय, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि लगायत सम्पूर्ण सरोकारवालाहरुको साथ र समन्वय प्राप्त भएको छ र आगामी दिनमा निरन्तर सहयोगको अपेक्षा राखेका छौँ ।
समयमै कोरोनाको सामन्य लक्षण देखिन साथ अक्सिजनको ब्याकअप र नर्स र चिकित्सकको २४सैै घण्टा निगरानिमा आइसोलेसन्स सेवा उपलब्ध गराउने छ । यसलाई ३ महिना सम्म सन्चालनमा ल्याइने छ । हाल सुरुमा ५० शैया अक्सीजनयुक्त रहने आइशोलेसन केन्द्र एक हप्तामा पूर्ण क्षमतामा सञ्चालन हुनेछ ।
विश्व नै कोभिड १९ को नयाँ भेरियन्ट सहितको दोस्रो लहरबाट आक्रान्त छ । महामारीको रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस बाट नेपालमा अनाहकमा धेरै मानिसहरूले ज्यान गुमाइरहेका छन् । अक्सिजनको अभावमा अस्पताल नपुग्दै धेरैले ज्यान गुमाएको विद्यमान परिस्थिति रहेको छ ।
महामारीको यस चुनौतिपूर्ण समयमा मानव जिवनको रक्षा हामी सबैको प्राथमिकतामा पर्नु पर्दछ र यस आइशोलेसन केन्द्रमा विमारीहरुले निःशुल्क सेवा प्राप्त गर्नेछन् । यस कार्यका लागि आवश्यक सहयोगका लागि सबैले आ-आफ्नो क्षेत्रबाट योगदान गर्नसमेत संस्थाले अपिल गरेको छ ।