कोरोना भाइरस : यी देशहरूमा नयाँ संक्रमितभन्दा निको हुने दर बढ्यो, हेर्नुस् विवरणसहित

कोरोना भाइरस : यी देशहरूमा नयाँ संक्रमितभन्दा निको हुने दर बढ्यो, हेर्नुस् विवरणसहित

अर्थ डबली
आइतवार, जेठ ९ २०७८
अर्थ डबली
आइतवार, जेठ ९ २०७८ (अर्काइभ बाट)
  • कोरोना भाइरस : यी देशहरूमा नयाँ संक्रमितभन्दा निको हुने दर बढ्यो, हेर्नुस् विवरणसहित

    काठमाडौँ / भारत, अमेरिका लगायतका देशहरूमा नयाँ संक्रमित थपिने भन्दा निको हुने दर बढेको छ । वर्ल्डो मिटरको आँकडा अनुसार गत २४ घण्टामा अमेरिकामा १८ हजार २६० संक्रमित थपिएका छन् भने ७० हजार ५३५ संक्रमित निको भएका छन् । यसैबीचमा ४५८ जनाले भने ज्यान गुमाएका छन् । 

    images

    यसैगरी भारतमा पनि पछिल्लो केही दिनयता थपिने संक्रमितको तुलनामा निको हुने दर बढी रहेको छ । २४ घण्टामा भारतमा २ लाख ४३ हजार ७७७ संक्रमित थपिदा ३ लाख ५९ हजार ५०६ संक्रमित निको भएका छन् । यस अवधिमा भारतमा ३ हजार ७८८ संक्रमितले भने ज्यान गुमाएका छन् । 

    यता, ब्राजिलमा भने निको हुने दरभन्दा थपिने संक्रमितको दर बढी रहेको छ । ब्राजिलमा २४ घण्टाको अवधिमा ७१ हजार २८३ संक्रमित थपिदा एक  हजार १६४ जनाको मृत्यु र ४० हजार २२३ संक्रमित मात्रै निको भएका छन् । 
    विस्तृतमा हेर्नुस् 

    1.JPG

    2.JPG3.JPG

    साताको लोकप्रीय