एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाई अनलाइनबाटै किन्न सकिने , यस्तो छ प्रक्रिया

एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाई अनलाइनबाटै किन्न सकिने , यस्तो छ प्रक्रिया

अर्थ डबली
आइतवार, जेठ ९ २०७८
अर्थ डबली
आइतवार, जेठ ९ २०७८ (अर्काइभ बाट)
  • एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाई अनलाइनबाटै किन्न सकिने , यस्तो छ प्रक्रिया

    काठमाडौँ / एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाइहरू अनलाइनमार्फत खरिद गर्न सकिने भएको छ । 

    images

    नेपालमै पहिलो पटक निश्चित् आम्दानी हुने उपकरणहरूमा लगानी गर्ने मुख्य उद्देश्यका साथ सञ्चालित उक्त फण्डमा अब घरमै बसेर अनलाइनमार्फत नै लगानी गर्न सकिने भएको हो । 

    नोवेल कोरोना भाइरसको दोस्रो लहरको संक्रमण देशव्यापी रूपमा दिन प्रतिदिन फैलिरहेको कारण जरी निषेधाज्ञाको अवस्थामा पनि उक्त योजनाको इकाई लगानीकर्ताहरूले सहजै रूपमा खरिद गर्ने अवसर प्राप्त होस् भन्ने मूख्य उद्देश्यका साथ एन आई सी एशिया क्यापिटलले अनलाइनमार्फत नै सो फण्डको इकाई खरिद गर्न सकिने व्यवस्था मिलाएको हो । 

    अनलाईन मार्फत उक्त डेप्ट फण्ड योजनाको इकाई खरिद गर्नको लागि एन आई सी एशिया क्यापिटलको वेभसाइट www.nicasiacapital.com वा सोझै www.nicasiacapital.com  मा क्लिक गरि unit purchase भित्र गई रितपुर्वक विवरण भरी योजनाको इकाई खरिद गर्न सकिनेछ । 

    हाललाई इकाई खरिद बापतको रकम भुक्तानी गर्नको लागि एन आई सी एशिया बैंक लिमिटेडको अनलाइन सेवा, कनेक्ट आइपिएस र खल्ती डिजिटल वालेट मार्फत गर्न सकिने छ । 

    यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा क्यापिटलको आधिकारीक मोवाईल नं. ९८५११२१९६४ मा सोझै सम्पर्क गर्न सकिने क्यापिटले जानकारी दिएको छ ।

    साताको लोकप्रीय