कोरोनाको लक्षण देखिए पनि रिर्पोट नेगेटिभ आउन सक्ने, परीक्षण गराउदा यी कुरामा ध्यान दिनुहोस्

कोरोनाको लक्षण देखिए पनि रिर्पोट नेगेटिभ आउन सक्ने, परीक्षण गराउदा यी कुरामा ध्यान दिनुहोस्

अर्थ डबली
शनिवार, माघ २४ २०७७
अर्थ डबली
शनिवार, माघ २४ २०७७ (अर्काइभ बाट)
  • कोरोनाको लक्षण देखिए पनि रिर्पोट नेगेटिभ आउन सक्ने, परीक्षण गराउदा यी कुरामा ध्यान दिनुहोस्

    कोरोना भाइरसको दोस्रो लहर बृद्धबृद्धाका साथै बच्चाहरू र युवाहरूका लागि घातक साबित भइरहेको छ । भारतका विभिन्न शहरहरूमा कोरोना भाइरस निकै तीव्र रूपमा देखिएको छ भने नेपालमा पनि त्यसको प्रभाव परिरहेको छ । स्वास्थ्य अधिकारीहरूले लक्षण देखेकाहरूलाई परीक्षण गर्न अपिल गरिरहेका छन् । 

    images
    images

    भारतमा लक्षण देखिए पनि केही व्यक्तिको रिर्पोट भने नगेटिभ आएको बताइएको छ । यस्तो अवस्थामा कोरोना जाँचका क्रममा केही चिजहरूलाई ध्यान दिनुपर्ने स्रोतले जनाएको छ । 

    कोरोना परीक्षण कुन समयमा गराउने ? 
    स्वास्थ्य अधिकारीहरूकाअनुसार, कोरोना भाइरस संक्रमणको धेरै लक्षणहरू रहेका छन् । जस्तैः ज्वरो, शरीर दुख्नु, गन्ध नआउनु, स्वाद थाहा नपाउनु, जाडो हुनु, श्वास फेर्न समस्या हुन आदि । यसबाहेक, आँखा रातो हुनु, पखाला लाग्नु, कानसँग सम्बन्धित समस्या देखिनु जस्ता कुनै पनि लक्षणहरू देखिएमा तुरुन्तै कोरोना परीक्षण गराउनुहोस् । 

    कस्तो समयमा कोरोना परीक्षण नगराउने ? 

    विज्ञहरूका अनुसार, यदि एक व्यक्तिले कोरोना विरुद्धको भ्याक्सिनको दुबै डोज लिएको दुई हप्ताभन्दा बढी भएको छ र उनलाई कुनै लक्षण पनि देखिएको छैन भने संक्रमितको सम्पर्कमा आए पनि उनीहरूले परीक्षण गर्न आवश्यक छैन । 

    कुन टेस्ट गर्नुपर्ने 
    RT-PCR एक गोल्ड स्टैडर्ड टेस्ट हो जबकि RAT ‘र्यापिड एन्टिजन टेस्ट’ हो जुन कोभिड १९ को तत्कालै नतिजा दिन्छ  । RAT को पोजेटिभ रिपोर्टले कोविड १९ पुष्टी गर्दछ । यदि RAT रिपोर्ट नगेटिभ छ तर विरामीमा लक्षण छ भने RT-PCR  परीक्षण गर्ने सल्लाह दिइन्छ । 

    CT मान

    सिटी स्कोर र मान दुबै अलग अलग चिज हो । RT-PCR  मा ऋत् मानको अर्थ ‘साइकल थ्रैशहोल्ड भ्यालु’ हो । जो विरामीमा भाइरसको लोडको एक मार्कर हो । सिटी भ्यालु जति कम उति नै बिरामीलाई त्यति नै बढी जोखिम हुन्छ । 

    सीटी स्कोर 
    कोरोनाका लक्षणहरू देखेर भारतमा डाक्टरहरूले केही बिरामीहरूको छातीको सिटिस्क्यान गर्नुपर्ने बताएका थिए । सीटी स्क्यानमा उच्च सीटी स्कोरले संक्रमणको अधिक जोखिमको संकेत गर्दछ । 

    संक्रमित हुने खतरा कहिले हुन्छ ? 
    स्वास्थ्य विशेषज्ञहरूका अनुसार यदि तपाईं संक्रमित व्यक्तिको सम्पर्कमा ६ फिटाभन्दा कम र लगभग १५ मिनेटसम्म सम्पर्कमा रहनुहुन्छ भने भाइरस सर्न सक्दछ । 

    संक्रमित व्यक्तिबाट टाढा रहनुहोस् र बाहिर जानु अघि मास्क लगाउनुहोस् र बाहिरबाट आइसकेपछि सफासँग हात धुनुहोस् । 

    कोरोना संक्रमण भएपछि के गर्ने ? 
    यदि तपाइँ कोरोना संक्रमित हुनुभएको छ भने क्वारेन्टाइन वा आइसोलेसनमा बस्नुहोस् । घरमा बालबालिका, वृद्धवृद्धा वा दिर्घरोगीहरू छन् भने उनीहरूको सम्पर्कमा नजानुहोस् । 

    साताको लोकप्रीय