काठमाडौँ / नेपाल राष्ट्र बैंकले ५१ करोड ४४ लाख ६२ हजार ९६० रुपैयाँ मुद्दति निक्षेपमा र कल निक्षेपमा १३ करोड १८ लाख ९६ हजार ७४० रुपैयाँ लगानी गर्ने भएको छ ।
बैंकले नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट सञ्चालित विभिन्न आयोजनाहरूको रहेको उक्त रकम मुद्दती तथा कल निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले जेठ ११ गते, बेलुका ४ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर पेश गर्न अनुरोध गरेको छ ।
राष्ट्र बैंकले लगानीका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ बर्ष पूरा भएको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम् पूँजीकोष कायम भएको हुनुपर्ने, निष्कृय कर्जा कूल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने जस्ता शर्त समेत राखेको छ ।
विस्तृतमा हेर्नुस्