काठमाडौँ / प्रभु बैंक लिमिटेडले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. ४ अर्ब बराबरको १० वर्षे “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र निष्काशन गर्ने भएको छ ।
बैंकले यही जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला हुने उक्त ऋणपत्र २४ लाख कित्ता डिबेञ्चरले हुन आउने कुल रु. २ अर्ब ४ं० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरूलाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।
बैंकले प्रति कित्ता १,००० रुपैयाँ अंकित मूल्यको ४० लाख कित्ता डिबेञ्चरले हुन आउने कुल रकम रु. ४ अर्ब मध्ये १६ लाख कित्ता डिबेन्चर अर्थात् १ अर्ब ६० करोड ऋणपूँजी रकम ५ प्रतिशत अर्थात् ८० हजार ००० कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाईएको छ ।
सो ऋणपत्र खरिदका लागि छिटोमा जेष्ठ १६ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पुर्ण आवेदन नपरेमा निष्काशन अवधि जेष्ठ २६ गतेसम्म लम्बिनेछ ।
लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्युनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक श्री मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।