राष्ट्र बैंकले १५ अर्बको विकास ऋणपत्र निष्काशन गर्ने, ब्याजदर बोलकबोलबाट निर्धारण हुने 

राष्ट्र बैंकले १५ अर्बको विकास ऋणपत्र निष्काशन गर्ने, ब्याजदर बोलकबोलबाट निर्धारण हुने 

अर्थ डबली
मंगलवार, जेठ ११ २०७८
अर्थ डबली
मंगलवार, जेठ ११ २०७८ (अर्काइभ बाट)
  • राष्ट्र बैंकले १५ अर्बको विकास ऋणपत्र निष्काशन गर्ने, ब्याजदर बोलकबोलबाट निर्धारण हुने 

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैंले पाँच बर्षे अवधिका “विकास ऋणपत्र २०८३ “घ” नामक ऋणपत्रको ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनछ । 

    images
    images

    बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् भने सो ऋणपत्र धितो राखी कर्जा लिन वा दिने पाइनेछ । 

    राष्ट्र बैंकले आज मंगलबार अर्थात जेठ ११ गते अपरान्ह ३ बजे बोलकबोल हुने जनाएको छ भने जेठ १३ गते निष्काशन हुने ऋणपत्र २०८३ जेठ १३ गते साँवा भुक्तानी हुनेछ । राष्ट्र बैंकको सूचना अनुार ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ भने आर्जित ब्यजारमा व्याजकर लाग्नेछ । 

    प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ प्रतिशत र १५ प्रतशित आर्थत १२.७५ अर्ब र २.२५ अर्ब छुट्याइएको राष्ट्र बैंकले जनाएको छ । 

    सो ऋणपत्रमा घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँका दरले भाग गर्दा निःशेष भाग जाने अंक बराबरको खरिद गर्न पाइनेछ । 
    विस्तृतमा हेर्नुस् 

    DB-2083-Gha-page-001.jpg

    DB-2083-Gha-page-002.jpg

    साताको लोकप्रीय