राजनीति किचलोसम्बन्धी डा. सूर्यराज आचार्यको विचार- ओलीलाई कानुनी/राजनीतिक लगाम लगाउन विपक्षीहरु चुके !

राजनीति किचलोसम्बन्धी डा. सूर्यराज आचार्यको विचार- ओलीलाई कानुनी/राजनीतिक लगाम लगाउन विपक्षीहरु चुके !

अर्थ डबली
बिहिवार, जेठ १३ २०७८
अर्थ डबली
बिहिवार, जेठ १३ २०७८ (अर्काइभ बाट)
  • राजनीति किचलोसम्बन्धी डा. सूर्यराज आचार्यको विचार- ओलीलाई कानुनी/राजनीतिक लगाम लगाउन विपक्षीहरु चुके  !

    काठमाडौं/  प्रधानमन्त्री केपी ओलीले कानुनी तथा राजनीतिक रुपमा बलमिच्याई गर्दै आइरहे पनि ओलीका विपक्षीहरुले कानुनी तथा राजनैतिक लगाम लगाउन चुकेको लेखक टिप्पणीकार डा. सूर्यराज आचार्यले टिप्पणी गरेका छन् ।

    images
    images

    आचार्यले आफ्नो ट्वीटरमार्फत ७ बुँदामा विचार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले संविधानको भावना बर्खिलाप हुने गरी निर्णयहरु गरेको समेत आरोप लगाए ।  

    त्यस्तै, उनले संसदीय प्रणालीका लागि ०७२ को संविधानका केही व्यवस्था विरोधाभास पूर्ण भएको समेत बताएका छन् । यसरी ७ बुँदामा आचार्यले आफ्नो टिप्पणी व्यक्त गरेका छन् । 


    १. संसदीय प्रणालीका लागि ०७२ को संविधानका केही व्यवस्था विरोधाभास पूर्ण छन्।

    २. प्रम केपी ओलीले आफ्नो दल भित्रको खिचातानीमा आफ्नो हात माथि पार्न बेलाबखतमा संविधानको भावना बर्खिलापमा हुने गरी निर्णय गरेका छन्। १/ ३


    ३. केपी ओलीको बल मिचाइँलाई कानुनी र राजनीतिक लगाम जरूरी थियो, र छ।

    ४. संसद पुनर्स्थापना गर्ने फागुन ११ को अदालतको फैसलाले कानुनी लगाम लगाएको थियो।

    ५. संसदबाट ओलीको विकल्प दिएर राजनीतिक लगाम लगाउन भने केपी ओलीका विपक्षहरू नराम्ररी चुकेका छन्। २र३

    ६. तीतो वास्तविकता के हो भने जसपाको महन्त ठाकुर समूहको समर्थन बिना यो सांसदले ओली सरकारको विकल्पमा कुनै कामकाजी सरकार दिन सक्दैन।

    ७. यस्तो राजनीति गाँठो फुकाउनुको सट्टा धारा ७६ (५) को दलका सांसद स्वतन्त्रु भन्ने व्याख्या खोज्नु संसदीय प्रणालीको आधारभूत मान्यता विपरीत। 

    साताको लोकप्रीय