काठमाडौं/ नेकपा एमाले नेता गोकुल बाँस्कोटाले अब नेपाली कांग्रेसले लोकतन्त्रको गीत गाउने हक गुमाएको टिप्पणी गरेका छन् । उनले ट्वीट गर्दै भने एमालेको घरमा काङ्ग्रेसले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हुन भन्ने ?
काङ्ग्रेसले निर्दलीयताको पक्षपोषण गरेकोले लोकतन्त्रको गीत गाउने हक गुमाएको उनले टिप्पणी गरेका हुन् । धारा ७६को ५ ले स्पष्ट रुपमा दुई वा दुईभन्दा बढी दलकै समर्थन खोजेको तर्क गर्दै उनले भने, सांसदहरुको स्वतन्त्र समर्थनलाई अस्विकार गरेको छ। नेपाली कांगे्रसलाई २ र ५ उपधारा जोडेर हेर्न समेत आग्रह गरेका छन् ।
पछिल्लो समय राजनीतिक किचलो घनीभुत बन्दै जाँदा राजनीतिक दलका नेतृत्वहरु एकले अर्कोलाई कुन गलत कुन कुरा सहि भन्ने आरोप प्रतयारोप लगाउँदै आएका छन् ।
प्रधानमन्त्री के पी शर्मा ओलीले दोस्रो पटक पुनः प्रतिनिधि सभा विघटन गरेपछि मुलुकको राजनीतिक गाँठो कस्सिएको मात्रै होइन मुलुक अन्योलता तिर फस्दै गएको टिप्पणीकारहरु बताउँछन् ।