अमेरिका र चीनबाट एक करोड डोज खोप ल्याइने

अमेरिका र चीनबाट एक करोड डोज खोप ल्याइने

अर्थ डबली
शनिवार, जेठ १५ २०७८
अर्थ डबली
शनिवार, जेठ १५ २०७८ (अर्काइभ बाट)
  • अमेरिका र चीनबाट एक करोड डोज खोप ल्याइने

    विभिन्न मित्रराष्ट्रसँग कोभिड–१९ विरुद्धको खोप सहयोग तथा खरिदका लागि माग गरिरहेकोमा अमेरिका र चीनबाट छिटो खोप प्राप्त हुने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    images

    शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममार्फत परराष्ट्र तथा विदेश मामिलामन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन्। 

    मन्त्री ज्ञवालीले नेपालमा खोप निर्यात गर्ने देशहरूले १० दिनभित्रै औपचारिक जानकारीसमेत दिने बताए। 

    हप्ता÷दस दिनभित्रै ब्रेक थ्रु आउनेछ,’ उनले भने, ‘मन्त्रालयबाट खोप उत्पादन गर्ने देश र उत्पादन गर्ने कम्पनीसँग कूटनीतिक पहल नियमित रूपमा भइरहेको तथा अमेरिका र चीन छिट्टै खोप उपलब्ध गराउने तयारीमा देखिएको छ।’

    खोप उपलब्ध गराउने देश चीनले बुधबार चाँडै नै १० लाख खोप अनुदानमा दिने र अन्य समन्वय गर्ने घोषणा गरिसकेको छ भने अमेरिका कूटनीतिक स्तरमा सहमत भए पनि अमेरिकी कानुनी प्रक्रियामा अघि बढिरहेको मन्त्री ज्ञवालीले बताए। 

    अमेरिकाले खोप निर्यात गर्नुअघि अमेरिकी औषधि नियन्त्रण विभाग, सुरक्षा निकाय र फुड एन्ड ड्रग्स कम्पनीले अनुगमन गरी अनुमति दिनुपर्छ। ‘अमेरिका अहिले यी प्रक्रिया पूरा गर्ने क्रममा छन्,’ उनले भने। 

    मन्त्री ज्ञवालीका अनुसार आफ्ना नागरिकका लागि भनी आयात गरिएको अस्ट्राजेनिका खोप नलगाई अरू खोप दिइएकाले अमेरिकामा ६ करोड डोज भण्डारण गरिएको छ। 

    नेपालले अमेरिकासँग त्यही खोप माग गरेको हो। अस्ट्राजेनिकाबाहेक अमेरिकी कम्पनी जोनसोन एन्ड जोनसनको खोप लिने पहल भएको छ। मन्त्री ज्ञवालीका अनुसार अमेरिकाबाट ५० लाख डोज जोनसोन एन्ड जोनसोनको खरिद गरी ल्याउने समन्वय भइरहेको छ।  

    छिटो खोप उपलब्ध गराउने चीनले पनि अनुदानको १० लाखबाहेक ५० लाख भेरोसेलमको खोप उपलब्ध गराउने भएको छ। तर दुवै देशले थप डोजबारे औपचारिक घोषणा गरेका छैनन्। 

    जोनसोन एन्ड जोनसनको खोप एक डोज मात्र लगाइने भएकाले खोप अभियानको लागत कम लाग्ने र खरिद मूल्य पनि सुपथ हुन सक्ने देखिएकाले नेपाल उक्त खोप खरिद गर्ने तयारीमा रहेको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बताए।

    भारतबाट ‘कोभिसिल्ड’ रोकिएपछि मन्त्रालयले नेपालमा पहिलो डोज खोप लिएर बसेका ६५ वर्षमाथिका नागरिकलाई विकल्पमा अस्ट्राजेनिकाकै खोप दिन लागिएको र त्यो खोप उत्पादन गर्ने देश बेलायत, अमेरिका, रुसलगायतसित १७ लाख डोजका लागि पहल गरेको हो।

    आजको नागरिक दैनिकमा समाचार छ । 

    साताको लोकप्रीय