काठमाडौँ / राप्रपाका अध्यक्ष कमल थापाले आज गणतन्त्र दिवसका दिन (जेठ १५ गते) राजसंस्था हटाएर देश र जनता बलियो नभएको बताएका छन् ।
उनले राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनाबारे पुनर्विचार गर्नसमेत भनेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत १३ बषअघि राष्ट्रियता र एकताको प्रतिक राजसंस्थालाई पाखा लगाएर गणतन्त्र घोषणा गरिएको भन्दै यसबीचमा भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको बताएका छन् ।
जेठ १५ गते-
१३बर्षअघि राष्ट्रियता/एकताको प्रतिक राजसंस्था पाखालगाई गणतन्त्र घोषणा गरिएको थियो।राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन्।बरू भ्रष्टाचार,धर्मपरिवर्तन,सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ।राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गरौँ
— Kamal Thapa (@KTnepal) May 29, 2021