नेपाली युवा उद्यमी फोरमको साधारणसभा, अध्यक्षमा श्रेष्ठ सर्वसम्मत 

नेपाली युवा उद्यमी फोरमको साधारणसभा, अध्यक्षमा श्रेष्ठ सर्वसम्मत 

अर्थ डबली
सोमवार, जेठ १७ २०७८
अर्थ डबली
सोमवार, जेठ १७ २०७८ (अर्काइभ बाट)
  • नेपाली युवा उद्यमी फोरमको साधारणसभा, अध्यक्षमा श्रेष्ठ सर्वसम्मत 

    काठमाडौँ / नेपाली युवा उद्यमी फोरमले शुक्रबारको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    images
    images

    कोभिड १९ को वर्तमान अवस्थालाई मध्यनजर र्दै फारेमले अनलाइनबाटै साधारण सभाको आयोजना गरेको हो । 

    सभाले काठमाडौंका युवा उद्यमी उदीप श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको छ ।

    सभाले नवगठित समितिको अध्यक्ष पदमा उदीप श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेका छन् भने मञ्चको प्रथम उपाध्यक्षमा रितेश लामिछाने, द्वितिय उपाध्यक्षमा साहारा जोशी, महिला उपाध्यक्षमा निभिता प्रधान, च्याप्टरतर्फको उपाध्यक्षमा सुमोद मान शैजु चुनिएका छन् । 

    यसैगरी सभाले बाह्य मामिला तथा सम्बन्धको प्रमुखमा कुशल सुन्दर श्रेष्ठ, लर्निंग अध्यक्षको रूपमा रिचा श्रेष्ठ र को-लर्निंगका रूपमा पवित्र गौतम चुनिएका छन् भने सुदिप घिमिरे र कृष्ण सापकोटालाई सदस्यमा चयन गरेको छ ।

    यसअघि प्रकाशदेव पालिखे मञ्चको अध्यक्ष थिए । अध्यक्षको कार्यकाल एक वर्षको हुनेछ ।

    सो अवसरमा फोरमका निवर्तमान अध्यक्ष प्रकाश देव पालिखे सहित कार्यसमितिले नवनिर्वाचित पदाधिकारीलाई पदभार हस्तान्तरण गरेका छन् । 

    सरकारसँग मिलेर युवा उद्यमीलाई प्रोत्साहन गर्ने अध्यक्ष श्रेष्ठले बताए । “सरकारले युवा उद्यमीलाई प्रवद्र्धन गर्न नीतिगत तहमा धेरै काम गर्नुपर्ने छ” उनको भनाइ थियो । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठले युवा उद्यमीको प्रवद्र्धन गर्न आफू अहोरात्र खटिने बताए । 

     

    साताको लोकप्रीय