एन आई सी एशिया लघुवित्तका ग्राहकहरूले ब्याजमा छुट प्राप्त गर्ने 

एन आई सी एशिया लघुवित्तका ग्राहकहरूले ब्याजमा छुट प्राप्त गर्ने 

अर्थ डबली
सोमवार, जेठ १७ २०७८
अर्थ डबली
सोमवार, जेठ १७ २०७८ (अर्काइभ बाट)
  • एन आई सी एशिया लघुवित्तका ग्राहकहरूले ब्याजमा छुट प्राप्त गर्ने 

    काठमाडौँ / एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकहरूका लागि ब्याजमा विशेष छुटको व्यवस्था गरेको छ । 

    images

    हाल नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम गर्न अधिकांश जिल्लाहरूमा बन्दाबन्दीको अवस्था छ यसले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय क्षेत्रमा समेत गहिरो प्रभाव परिरहेको छ । 

    यस असहज परिस्थितिमा केही मात्रामा भएपनि सहयोग गर्ने अभिप्रायले एन आई सी एशिया लघुवित्तका ग्राहकहरूलाई ब्याज छुट प्रदान गर्ने भएको हो । 

    २०७८ बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम (साँवा र ब्याज) बैशाख २४ गते देखि ३१ गते सम्ममा बुझाउनु भएमा सम्बन्धीत ग्राहकलाई ब्याज रकममा १० प्रतिशत प्रतिशत छुट प्रदान गर्ने योजना बैशाख तेस्रो सातामा सार्वजनिक गरेको थियो । 

    लघुवित्तले वक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४ हजार ६७६ ऋणी सदस्यहरूले यस संस्थालाई बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधिभित्र बुझाई योजनामा सहभागी भएकोमा आभार व्यक्त गरेका छन् । 

    साथै, यस योजनामा सहभागी ग्राहकहरूले ब्याजमा जम्मा रु. १५ लाख १८ हजार २०२.४७  छुट पाएको संस्थाले जनाएको छ । 

    उनीहरूको ब्याज छुट रकम सम्बन्धित ऋणीको बचत खातामा जम्मा गरिसकेको सहर्ष जानकारी गराउँदछौं ।  

    वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्था मुलुकभर ६९ जिल्लामा २४७ शाखा कार्यालय सेवा प्रदान गर्दै आइरहेको छ । 

    यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखिएको छ ।

    गत त्रयमासको अन्त्य (चैत्र, २०७७) सम्ममा वित्तीय संस्थाले कुल १,३५,१९७ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ ।

    छोटो अवधिमै राष्ट्रिय स्तरको अग्रणि लघुवित्त संस्थाको रूपमा आफुलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जा लाई प्राथमिकतामा राखि वित्तीय सेवाको पहुँच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने निति तय गरी अघि बढिरहेको छ । 

    यस लघुवित्तले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आएको र आगामी दिनहरूमा पनि सोहि अनुरूप कार्य गरिरहेको छ । 

    साताको लोकप्रीय