राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र २५ गतेबाट निष्काशन हुने, कति कित्तासम्मका लागि आवेदन दिन मिल्छ ?

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र २५ गतेबाट निष्काशन हुने, कति कित्तासम्मका लागि आवेदन दिन मिल्छ ?

अर्थ डबली
सोमवार, जेठ १७ २०७८
अर्थ डबली
सोमवार, जेठ १७ २०७८ (अर्काइभ बाट)
  • राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र २५ गतेबाट निष्काशन हुने, कति कित्तासम्मका लागि आवेदन दिन मिल्छ ?

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यही जेठ २५ गते मंगलबारदेखि 8.5% RBBL Debenture, २०८३ नामको ऋणपत्र बिक्री खुला गर्ने भएको छ ।

    images
    images

    बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

    8.5% RBBL Debenture, 2083 नामको प्रतिकित्ता रू. १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने र सो का लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक “एनआईबिएल एस क्यापिटल लिमिटेड” र निष्काशनकर्ता कम्पनी “राष्ट्रिय वाणिज्य बैंक लिमिटेड”को आपसी सहमतिमा बिक्री वितरण गरिने छ ।

    साथै, सर्वसाधारणका लागि छुट्याईएको ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिनेछ । 

    छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा रहने यस ऋणपत्र खरिदका लागि न्युनतम् २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

    ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरू, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

    बैंकको यस ऋणपत्रलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रूपमा रहेको संकेत गर्ने केयर रेटिङ ए प्लस रेटिङ्ग प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको विवरणपत्र बैंकको वेबसाइटमा समेत राखिएको छ ।  

     

    साताको लोकप्रीय