पिसाब पोल्ने समस्याले हैरान हुनुहुन्छ ? अपनाउनुस् यस्ता घरेलु उपाय

पिसाब पोल्ने समस्याले हैरान हुनुहुन्छ ? अपनाउनुस् यस्ता घरेलु उपाय

अर्थ डबली
बिहिवार, जेठ २० २०७८
अर्थ डबली
बिहिवार, जेठ २० २०७८ (अर्काइभ बाट)
  • पिसाब पोल्ने समस्याले हैरान हुनुहुन्छ ? अपनाउनुस् यस्ता घरेलु उपाय

    पिसाब पोल्ने समस्याबाट धेरै मानिसहरु पीडित हुन्छन् तर पनि अझै पनि कतिपय मानिसहरु यस्ता समस्या लुकाउँछन् । यसर्थ यही समस्याले कतिपयको ज्यान पनि जान सक्छ । शरीरमा पानीको मात्रा कम हुँदा पिसाब पोल्न सक्छ । तर, यो एकमात्र कारण भने होइन ।

    images
    images

    पिसाब पोल्नु, पिसाब गर्दा पीडा हुनु जस्ता समस्याले अन्य रोगको पनि संकेत गर्छ । पिसाब किन पोल्छ र पिसाब यसलाई निको पार्न कस्ता घरेलु उपाय अपनाउने भन्ने विषयमा तल चर्चा गरिएको छ ? किन पोल्छ पिसाब ? मुख्यतः पिसाव पोल्ने प्रमुख कारणमा पिसाव नलीको संक्रमण नै हो । पिसाब नलीको संक्रमण महिलाहरुमा धेरै देखिने गर्छ । गर्भवती अवस्थामा पनि यो धेरै देखिने समस्या हो ।

    विभिन्न यौनरोगहरु जस्तै गोनिरिया, क्लामैडिया आदिमा पनि पिसाब पोल्ने समस्या देखिन सक्छ । पुरुषलाई पिसाब पोल्ने अन्य कारणहरु प्रोस्टेट ग्रन्थीको संक्रमण वा उमेर बढ्दै गएपछि प्रोस्टेट ग्रन्थीको आकार बढ्नु पनि हो ।

    मिर्गौला पिसाब जाने नली वा मूत्राशयको पत्थरीले पनि पिसाब पोल्ने लक्षण देखिन सक्छ । पत्थरीको कारणले मुत्रनलीमा संक्रमण हुन मद्दत पुराउँछ र पिसाब पोल्ने लक्षण देखिन्छ । के गर्ने रु माथिका लक्षणहरु देखिएमा तुरुन्त अस्पताल गएर पिसाब पोल्नुको कारण थाहा पाउन स्वास्थ्य संस्थामा गएर जाँच गराउनुपर्दछ । 

    यस्ता छन् घरेलु उपचार
     पानी प्रशस्त पिउने, कहिलेकहिं मनतातो पानी पिउने ।

    गाँजरको रस साँझ–बिहान एक–एक गिलास सेवन गने ।

    थोरै पानी काँचो दुधमा मिसाएर पिउने ।

    दिनमा तीन चार पटक आफ्नो गुप्ताङ्ग धुने ।

    फलफुलमा आलुवखरा, अंगुर पाकेको आँपको जुस पिउने ।

    बोटैमा पाकेको आँप एक हप्तासम्म दिनको दुई वटा खाने।

    चामलको माडमा थोरै चिनी मिसाएर पिउने ।

    हरेक दिन साँझ बिहान नरिवलको पानी सेवन गर्ने ।

    दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग पिउने ।

    हर्रोबर्रो र अमला चूर्ण एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान पिउने ।

    तरकारीमा मेथीको साग खाने ।

    कुमेल र बदामलाई मिश्रीसँग पिसेवर एक गिलास पानीको साथमा पिउने ।

    सम्भव भएसम्म हरेक एक घण्टामा पानी पिउने ।

    दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गर्ने ।

    साताको लोकप्रीय