आगामी तीन दिनको मौसम पूर्वानुमान, कुन कुन क्षेत्रमा होला बर्षाको सम्भावना ? हेर्नुस् 

आगामी तीन दिनको मौसम पूर्वानुमान, कुन कुन क्षेत्रमा होला बर्षाको सम्भावना ? हेर्नुस् 

अर्थ डबली
बिहिवार, जेठ २० २०७८
अर्थ डबली
बिहिवार, जेठ २० २०७८ (अर्काइभ बाट)
  • आगामी तीन दिनको मौसम पूर्वानुमान, कुन कुन क्षेत्रमा होला बर्षाको सम्भावना ? हेर्नुस् 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ ।

    images

    हाल लुम्बिनी प्रदेशका थोरै भूभागका साथै देशका पहाडी भूभागमा आंशिक रहेको छ। बाकी भूभागमा सामान्यतया सफा रहेको छ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ जेठ २० गते  (बिहिबार)

    दिउँसो : प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ ।

    प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ। 

    राती : पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ। 

    २०७८ जेठ २१ गते  (शुक्रबार)

    दिउँसो :  प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ। 

    राती :  पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ। 

    २०७८ जेठ २२ गते  (शनिबार)

    दिउँसो :  पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ। 

    राती :  पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ। 

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

    देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

    साताको लोकप्रीय