विश्वव्यापी लकडाउन र यातायात बन्दले जलवायुमा सकारात्मक प्रभाव : अध्ययन

विश्वव्यापी लकडाउन र यातायात बन्दले जलवायुमा सकारात्मक प्रभाव : अध्ययन

अर्थ डबली
बिहिवार, जेठ २० २०७८
अर्थ डबली
बिहिवार, जेठ २० २०७८ (अर्काइभ बाट)
  • विश्वव्यापी लकडाउन र यातायात बन्दले जलवायुमा सकारात्मक प्रभाव : अध्ययन

    विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाइ सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ । 

    images

    कोरोनाभाइरस र त्यसको महामारीका कारण धेरै क्षेत्रमा नकारात्मक असर परेपनि जलवायुको क्षेत्रमा भने यसले सकारात्मक प्रभाव परेको पाइएको हो । 

    हालै गरिएको अध्ययनले लामो समयसम्म विश्वका धेरै ठाउँमा लकडाउन हुँदा यातायातका साधन रोखिएको, उद्योग तथा कारखानाहरु बन्द भएको, मानिसको चहलपहल कम भएकोलगायतका कारणले जलवायु प्रदुषणमा न्युनिकरण भएको देखाएको छ । 

    उनीहरुले विषेश गरेर अहिलेको हवाई यातायातको अवस्था र त्यसले जलवायुमा पारेको प्रभावका बारेमा अध्ययन गरेका थिए ।  

    अध्ययन विषेश गरेर गत बर्ष सन् २०२० को मार्च र मेमा विश्वका धेरै ठाउँमा लकडाउन भएकाले त्यति बेलाकै अवस्थालाई केन्द्रीत गरिएको छ । 

    त्यही समयमा अघिल्ला बर्षहरुमा हुने जलवायुको अवस्थासँग तुलना गरेर अध्ययन गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् । 

    “इन्भारोमेन्ट रिसर्च लेटर्स”मा प्रकाशित यो अध्ययन जर्मनीको लेइप्जीङ विश्वविद्यालयका प्राध्यापक जोहन्स क्वासको नेतृत्वमा गरिएको हो ।  

    साताको लोकप्रीय