काठमाडौं / पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान तथा कानुनमा लेखेर मात्रै जातीय भेदभाव तथा छुवाछुत नहट्ने बताएका छन् ।
सबैले छुवाछुत विरुद्ध आत्मसाथ गर्नैपर्ने औंल्याएका छन् । यसको जरो पहिल्याएर उखेलौं – डा. भट्टराईले भने, जातीय भेदवाभ तथा छुवाछुत विरूद्धको दिवस कर्मकाण्ड गरेर मात्रै पुग्दैन ।
आफ्नो सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले भने, यो मानवताविरूद्धको कलंक मेटिदो रहेनछ भन्ने सबैले आत्मसात गरौं र यसको जरो पहिल्याएर उखेलौं !
यसको जरो शास्त्रको आड लिएको वर्णाश्रम व्यवस्था नै भएको डा. भट्टराईले ठोकुवा गरे । उनले कडा शब्दमा भने यसको विरुद्धमा उठ्ने हो भने, ‘शास्त्र सुधारौं !, नत्र गनगन नगरौं !’