सोमालियामा खाद्य संकट, २७ लाखभन्दा बढी मानिस प्रभावित

सोमालियामा खाद्य संकट, २७ लाखभन्दा बढी मानिस प्रभावित

अर्थ डबली
शुक्रवार, जेठ २१ २०७८
अर्थ डबली
शुक्रवार, जेठ २१ २०७८ (अर्काइभ बाट)
  • सोमालियामा खाद्य संकट, २७ लाखभन्दा बढी मानिस प्रभावित

    संयुक्त राष्ट्रसंघ / सोमालियमा खडेरीका कारण खाद्य संकट परेको जनाइएको छ । यहाँ समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खा पन भएको र जसका कारण २७ लाखभन्दा बढी मानिस प्रभावित भएका बताइएको छ । 

    images
    images

    सो कुरा सोमालियामा रहेको मानवीय सहायतासम्बन्धी निकायले जानकारी दिएको छ । मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए)का अनुसार सोमालियामा खडेरीका कारण यहाँका यति धेरै नागरिक प्रभावित भएका हुन् । 

    यसै वर्षको अप्रिलदेखि सेप्टेम्बर सम्ममा ती नागरिकलाई खाद्य संकट पर्ने जनाइएको छ । आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएकोले यहाँ खाद्यान्न उत्पादन हुन सकेको छैन त्यसैले उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने जनाइएको छ । 

    सोमालियाको सरकारले यही अप्रिल २५ तारिखका दिन संयुक्त राष्ट्रसंघीय अधिकारीहरुसँग परामर्श गरी यहाँ खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरिएको थियो । 

    सोही कारण संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह पनि गरेको बताइएको छ । 

    साताको लोकप्रीय