काठमाडौँ / नेपाली काङ्ग्रेसका नेता धनराज गुरुङले नवगठित मन्त्री मण्डल संविधान च्यात्ने र जलाउनेको लगन गाँठोको उपज भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेको विषयलाई लिएर उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो अभिव्यक्ति दिएका हुन् ।
नेता गुरुङले लेख्छन् “एउटाले मध्यरातमा बिदेशी प्रभुको दर्शन गर्छ, अर्कोले दिउँसै ! वरदान त उनै प्रभुको हो नि। जसले नेपाल आमाको फरिया बेचेर सत्ता जोगाउने प्रयत्न गर्छ, उसलाई आमा निर्वस्त्र बनेकोमा चिन्ता हुँदैन। लेण्डुप प्रबृत्ति !”
संबिधान च्यात्ने र जलाउनेहरुको लगन गाँठोको उपज हो,नवगठित मन्त्री मण्डल!
एउटाले मध्यरातमा बिदेशी प्रभुको दर्शन गर्छ, अर्कोले दिउँसै! वरदान त उनै प्रभुको हो नि।
जसले नेपाल आमाको फरिया बेचेर सत्ता जोगाउने प्रयत्न गर्छ, उसलाई आमा निर्वस्त्र बनेकोमा चिन्ता हुँदैन।
लेण्डुप प्रबृत्ति!
— Dhan Raj Gurung (@dhanrgrg) June 5, 2021