एनआरएनएबाट सरकारलाई स्वास्थ्य सामग्री सहयोग

एनआरएनएबाट सरकारलाई स्वास्थ्य सामग्री सहयोग

अर्थ डबली
मंगलवार, जेठ २५ २०७८
अर्थ डबली
मंगलवार, जेठ २५ २०७८ (अर्काइभ बाट)
  • एनआरएनएबाट सरकारलाई स्वास्थ्य सामग्री सहयोग

    काठमाडौँ / गैरआवासीय नेपाली सङ्घले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ  । 

    images
    images

    सङ्घ बेलायत, क्यानडा, अष्ट्रेलिया र चीनले यहाँ आज भर्चुअल माध्यमबाट हस्तान्तरण कार्यक्रम आयोजना गरी  अक्सिजनका ४८३ कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे । 

    सो अवसरमा मन्त्री तामाङले सरकार जतिसक्दो चाँडो सबै नेपालीलाई कोरोना खोप उपलब्ध गराउने तयारीमा रहेको जानकारी दिए । 

    बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले कोरोना खोपका लागि बेलायत सरकारसँग अनुरोध भइरहेको र  छिट्टै नेपाललाई कोरोना खोप उपलब्ध हुने विश्वास दिलाए । 

    सङ्घ बेलायतका अध्यक्ष पुनम गुरुङले  ९३  गैरआवासीय सङ्घ र ४४  व्यक्तिका आर्थिक सहयोगमा नेपालमा स्वास्थ्य सामग्री पुर्याउन सफल भएको जानकारी दिए । 

    अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले आफूहरुले नेपाल पठाएका स्वास्थ्य सामग्री आवश्यकताका आधारमा लक्षित स्थानसम्म पुर्याउन आग्रह गरे । 

    साताको लोकप्रीय