आइपिओ बिक्री गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको साधारणसभा असारमा, लाभांश प्रस्ताव लगिने

आइपिओ बिक्री गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको साधारणसभा असारमा, लाभांश प्रस्ताव लगिने

अर्थ डबली
बुधवार, जेठ २६ २०७८
अर्थ डबली
बुधवार, जेठ २६ २०७८ (अर्काइभ बाट)
  • आइपिओ बिक्री गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको साधारणसभा असारमा, लाभांश प्रस्ताव लगिने

    काठमाडौँ / नेपालमा पहिलो पटक बुक विल्डिङ विधिबाट आइपिओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टले असारमा विशेष साधारणसभा गर्ने भएको छ ।  

    images
    images

    लाभांश प्रस्ताव पारित गर्ने तयारीका साथ कम्पनीले यही असार १० गते विशेष साधारण सभा बोलाएको हो । कम्पनीको काठमाडौं–३२ तीनकुनेमा रहेको न्यौपाने टावरमा विहान ११ बजे विशेष साधारणसभा हुने भएको छ । 

    चुक्तापूँजी वृद्धि गरी संस्थापक र सर्वसाधारण शेयरधनीहरुबीचको पूँजीको अनुपात मिलान गर्न तयारी गरिरहेको कम्पनीको सो विशेष सभामा लाभांश प्रस्ताव पेश गरिने बताइएको छ । 

    उक्त विशेष साधारण सभामा कम्पनीले हाल कायम चुक्तापूँजी ३ अर्ब ४० करोड रुपैयाँको आधारमा १९.११८ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (त्यसमा लाग्ने कर वापत)लाभांश प्रदान गर्ने प्रस्ताव प्रस्तुत गर्ने भएको छ । बोनस सेयर पारित भएपछि कम्पनीको चुक्ता पुँजी ६५ करोड रुपैयाँले बृद्धि हुने छ भने चुक्ता पुँजी ४ अर्ब ५ करोड कायम हुनेछ।

    आईपीओ विक्रीका लागि कम्पनीले चैत ४ गते विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको थियो । त्यस्तै सहायक विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

    कम्पनीले नेपालको धितोपत्रको इतिहासमै पहिलो पटक लागू भएको यस विधिबाट ६० लाख कित्ता आइपिओ सर्वासधारणमा बिक्री गर्न लागेको हो । 

    सिमेन्ट उद्योगको गत पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले आइपिओ निष्काशन गर्ने प्रस्ताव गरेको थियो ।

    कम्पनीले कूल कित्तामध्ये संस्थागत लगानीकर्ताहरूका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानीय लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारीसहित सर्वसाधारणमा २८ लाख कित्ता आइपिओ छुट्याएको छ । 

    हालसम्मको अभ्यासअनुसार आइपिओको अंकित मूल्य एक सय रुपैयाँ भए पनि बुक विल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरूको मूल्याङ्कनका आधारमा कम्पनीको शेयरमूल्य तय हुनेछ । 

    कम्पनीले आन्तरिक मूल्याङ्कन गर्दा प्रतिकित्ता ७५० भन्दा बढी मूल्य कायम बताउदै आएको छ । 

    कम्पनीको जेठ २५ गतेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको थियो । 

    नवलपरासीमा उद्योग रहेको सर्वोत्तम सिमेन्टको खानी पाल्पामा छ। चितवनको चुनढुङ्गा मिश्रणबाट उत्पादित क्लिंकर  (धातुमल सिमेन्ट) देशका अन्य २० वटा उद्योगहरुले खरिद गर्ने गरेका छन् । 

    यस उद्योगको वार्षिक उत्पादन क्षमता १०२५ करोड बोरा रहेको कम्पनीको दाबी छ । सर्वोत्तम सिमेन्टले सर्वोत्तम ग्रिन ओ. पि. सि. सिमेन्ट र सर्वोत्तम ग्रिन पि. एस. सि. सिमेन्ट उत्पादन गरिरहेको छ । 

    युरोपियन भि. आर. एम. मेशिनबाट उत्पादित सर्वोत्तम सिमेन्ट नेपाल कै एकमात्र पहिलो ४५०० ब्लेनसम्मको मसिनोपन भएको सिमेन्ट उत्पादन गर्दै आएको छ ।

    साताको लोकप्रीय