कोरोनाको डेल्टा स्ट्रेन बढी खतरनाक, संक्रमितहरूमा देखियो यस्तो साइड इफेक्ट 

कोरोनाको डेल्टा स्ट्रेन बढी खतरनाक, संक्रमितहरूमा देखियो यस्तो साइड इफेक्ट 

अर्थ डबली
बिहिवार, जेठ २७ २०७८
अर्थ डबली
बिहिवार, जेठ २७ २०७८ (अर्काइभ बाट)
  • कोरोनाको डेल्टा स्ट्रेन बढी खतरनाक, संक्रमितहरूमा देखियो यस्तो साइड इफेक्ट 

    कोरोनाको दोस्रो लहर भारतमा मात्रै नभई नेपालमा पनि महामारीको स्थिति सिर्जना गरेको छ । 
    कोरोना बिरामीहरूले पनि धेरै प्रकारका साइड इफेक्टको सामना गरिरहेका छन्। 

    images

    यद्यपि डाक्टरहरूले अब कोरोनाको डेल्टा स्ट्रेनको खतराको बारेमा बढी जान्न कोशिश गरिरहेका छन्। डाक्टरहरूका अनुसार संक्रमितहरूमा सुन्ने क्षमता कम हुँदै जान्छ भने कमजोर हुन, पेटमा समस्या, रगतको थक्का हुनु, ग्याग्रीनजस्ता लक्षणहरू देखिन्छ । डेल्टा स्ट्रेनले संक्रमितमा कोरोना बिरामीहरूमा देख्न सकिन्छ। सामान्य रूपमा अहिलेसम्म यी लक्षणहरू कोरोना बिरामीहरूमा देखिएको थिएन।

    India and China.JPG

    इंंग्याण्ड र स्कटल्याण्डको प्रारम्भिक तथ्याङ्कले कोरोना महामारीमा अस्पतालमा संक्रमित भर्ना हुने जोखिम बढी रहेको देखाउँछ। डेल्टा स्ट्रेन जसलाई द्य.ज्ञ.टज्ञठ.द्द पनि भनिन्छ । ६० भन्दा बढी देशमा यो फैलिसकेको छ । अन्य भेरियन्ट्सको तुलनामा डेल्टाको तीव्र रूपमा फैलिनुले यसमा खोप कम प्रभावकारी भएको प्रमाणित गर्दछ । साथै यसले कोरोनाको यो स्ट्रेन कत्तिको खतरनाक छ भनेर संकेत गर्दछ । 

    भारतको चेन्नइस्थित अपोलो अस्पतालका संक्रामक रोग चिकित्सक डा. अब्दुल गफूरले भने, “अस्पतालमा आउने नयाँ बिरामीहरू बी. १.६१७ सँग सम्बन्धित छ कि छैन भनेर जान्न हामीले थप वैज्ञानिक अनुसन्धान गर्नुपर्दछ।”

    डा. गफूर भन्छन् महामारीको पहिलो लहरको तुलनामा कोभिड १९ का अधिकांश बिरामीहरू यस लहरमा पखाला लाग्ने गुनासो गरिरहेका छन्।

    डा. गफूरले भने, “गत वर्ष हामीले सोचेका थियौं कि हामीले हाम्रो नयाँ शत्रुको बारेमा सबै कुरा जान्दछौं तर अब यो परिवर्तन भएको छ। यस भाइरसको बारेमा अहिले केही पनि अनुमान गर्न सकिदैन।”

    India and China.JPG

    भारतमा बिरामीहरूको उपचार गरिरहेका ६ डाक्टरका अनुसार धेरै कोरोना बिरामीहरूले पेट दुख्ने, वाक्वाक लाग्ने, बान्ता हुने, भोक नलाग्ने, सुन्ने क्षमता कम हुने र जिउ तथा जोर्नी दुख्ने गुनासो गरिरहेका छन् । 

    गत महिना न्यु साउथ वेल्स विश्वविद्यालयमा अन्वेषकहरूद्वारा गरिएको अध्ययनमा यो भनिएको थियो कि यी लक्षणहरू बीटा र गामा भेरियन्टहरूमा कम भएका छन् वा देखेका छैनन्। हामी तपाईंलाई बताउँछौं कि बिटा पहिलोपटक ब्राजिलमा र गामा दक्षिण अफ्रिका पहिलो पटक फेला परेको थियो । 

    मुम्बईस्थित मुटुरोग विशेषज्ञ गणेश मानुधाने भन्छन कि “केही बिरामीहरूमा माइक्रोथ्रोम्बी वा रगतको सानो सानो ढिक्का बनिरहेको छ । यो यति गम्भीर हुँदै गइरहेको छ कि यसले ग्याग्रीनको संक्रमण देखिएको छ । 

    डा. मानुधानेले गत दुई महिनामा सेवन हिल्स अस्पतालमा थ्रोम्बोटिकका ८ बिरामीको उपचार गरिएको छ । यसकारणले, दुई बिरामीको औंला वा खुट्टा काट्नुपर्‍यो। डा. मानुधानेले भने, “गत वर्ष यस्ता तीन/चार केसहरु देखिएको थियो तर अब एक हप्तामा एक जना यस्को बिरामी देखिएको छ । 

    India and China.JPG

    भारत सरकारको एक समूहको अध्ययन अनुसार दोस्रो लहर खतरनाक हुनुको पछाडि डेल्टा संस्करण जिम्मेवार छ । 

    यो बेलायतमा फेला परेको अल्फा स्ट्रेनभन्दा ५० प्रतिशत बढी संक्रामक रहेको छ । थुप्रै कोरोना बिरामीहरूमा विभिन्न जटिलताहरू देख्न सकिन्छ। डाक्टर मनुधानेले सबै उमेरका मानिसहरुमा रगत जम्मा भइरहेको देख्दछन्, यद्यपि उनीहरूमा पहिले यस्तो कुनै पनि समस्या थिएन । 

    मुम्बईको किंग एडवर्ड मेमोरियल अस्पतालमा कान, नाक र घाँटी सर्जन हेताल मारफातिया भन्छिन् कि केही कोरोना बिरामीहरू बहिरापन, घाँटी वरिपरि सूजन र गम्भीर टन्सिलको गुनासो लिएर आएका छन्। उनले भने, “हरेक व्यक्तिमा बिभिन्न लक्षणहरू देख्न सकिन्छ।”

    India and China.JPG

    हैदराबादको यशोदा समूह अस्पतालका बाल रोग विशेषज्ञ चेतन मुन्दडा भन्छिन् कि भारतको वर्तमान महामारीको सबैभन्दा खतरनाक पक्ष यो तीव्र रूपमा फैलिनु हो । यो भाइरस बच्चाहरूमा पनि छिटो फैलिदै छ। त्यस्तै, डा. गफूर भन्छन् कि कोरोनाको दोस्रो लहरमा सम्पूर्ण परिवार डेल्टा भेरिएन्टबाट संक्रमित भइरहेका छन्, जबकि गत वर्ष यस्तो थिएन।

    भारतमा, अहिले डेल्टा भेरिएन्टबाट कोरोना संक्रमणको घटना घट्दै छ । अब ताइवान, सिंगापुर र भियतनाम जस्ता देशहरूमा यसले विनाश निम्त्याइरहेको छ। 

    साताको लोकप्रीय