भारतमा नयाँ संक्रमितको संख्या घट्यो तर मृत्युदर घटेन, अन्य देशमा कस्तो छ अवस्था ?

भारतमा नयाँ संक्रमितको संख्या घट्यो तर मृत्युदर घटेन, अन्य देशमा कस्तो छ अवस्था ?

अर्थ डबली
शनिवार, जेठ २९ २०७८
अर्थ डबली
शनिवार, जेठ २९ २०७८ (अर्काइभ बाट)
  • भारतमा नयाँ संक्रमितको संख्या घट्यो तर मृत्युदर घटेन, अन्य देशमा कस्तो छ अवस्था ?

    काठमाडौँ / भारतमा कोरोना भाइरसको नयाँ संक्रमितको संख्यामा पछिल्लो केही दिनयता कमि आइरहेको छ । संक्रमित घटे पनि मृत्युदर भने घटेको देखिदैन ।

    images
    images

    वर्ल्डो मिटरको आँकडा अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ८४ हजार ६९५ संक्रमित थपिएका छन् भने ४ हजार जनाको मृत्यु भएको छ । यस अवधिमा निको हुने संक्रमितको संख्या भने एक लाख २२ हजार ७९४ रहेका छन् ।

    त्यस्तै, ब्राजिलमा ८६ हजार ६१ संक्रमित थपिएका छन् भने २ हजार २१५ संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा ब्राजिलमा निको हुने दरभन्दा नयाँ संक्रमितको संख्या बढी रहेको छ । ब्राजिलमा यस अवधिमा ४७ हजार ८३९ संक्रमित निको भएका छन् । 

    यसैगरी अमेरिकामा १६ हजार १४५ नयाँ संक्रमित थपिएका छन् भने ४२१ संक्रमितको मृत्यु भएको छ । त्यस्तै, ३३ हजार ५८५ संक्रमित निको भएका छन् । 
    विस्तृतमा हेर्नुस् 

    1.JPG2.JPG3.JPG

    साताको लोकप्रीय