उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो, केके सहजै खुल्ने छन् ? 

उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो, केके सहजै खुल्ने छन् ? 

अर्थ डबली
मंगलवार, असार १ २०७८
अर्थ डबली
मंगलवार, असार १ २०७८ (अर्काइभ बाट)
  • उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो, केके सहजै खुल्ने छन् ? 

    काठमाडौं / उपत्यकामा आज असार १ गतेदेखि निषेधाज्ञा केही खुकुलो बनार्इदा मानिसहरुको आवत जावत बाक्लिएको देखिन्छ ।

    images
    images

    किराना पसल तथा तरकारी बजारहरुमा किनमेल गर्न उपभोक्ताहरु  झुम्मिएका देखिन्थे । 

    हिजो अस्ती भन्दा बढि सवारी साधनहरु पनि केही बाक्लो देखिएको छ ।  जिल्ला प्रमुख अधिकारीहरुको बैठकले निषेधाज्ञा १ साता लम्ब्याउने घोषणासँगै केही विषयहरुमा खुकुलो बनाउने रणनीति अपनाएको हो ।


    अब तपाई विहान मनिङवाकमा आउजाउ  सहजै गर्न सक्नुहुनेछ । प्रहरीले सोधपुछ तथा रोक्दैन।

    खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ। यस्तै, हार्डवयर पेन्ट पसल, जस्तापाता लगायत विकास निर्माणका काममा आवश्यक पर्ने पसल अपरान्ह ४ बजेदेखि खुल्नेछन् ।

    यस्तैगरी होटलमा ‘टेक अवे’ सेवालाई निरन्तरता पाएको छ । अनलाइन डेलिभरी गर्ने कम्पनीहरुले बिहान ७ बजेदेखि काम गर्न दिइने भएको छ ।

     निर्माण आयोजनाहरुले मजदुरहरुलाई काममा लगाउन सक्नेछन् । तर, आवश्यक स्वास्थ्य मापदण्ड भने अपनाउन जरुरी छ । वाइक, गाडी वर्कसपहरू बिहानदेखि बेलुकीसम्मै खुल्ला रहने छ ।

     अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने छ।

    एम्बुलेन्स, शव बाहनलगायत स्वास्थ्य सेवामा खटिने साधनले परिचय पत्र देखाउनु पर्दैन।

    बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो  भएको छ । सहकारीका लागि सातामा दुई दिन खोल्न दिने निर्णय भएको छ।
     यस्तैगरी तरकारी वीउविजन, मल ढुवानी तथा किनबेचका पसलहरु सहजै सञ्चालन हुनेछ । अधिकारीहरुको बैठकले यस्ता विषयहरुमा खुल्ला गरेपनि आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन पनि अपिल गरेको छ ।

    साताको लोकप्रीय