आई.एम.ई.लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा, आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित 

आई.एम.ई.लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा, आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित 

अर्थ डबली
मंगलवार, असार १ २०७८
अर्थ डबली
मंगलवार, असार १ २०७८ (अर्काइभ बाट)
  • आई.एम.ई.लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा, आइपिओ निष्काशन गर्ने प्रस्ताव पारित 

    काठमाडौँ / आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा शेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) ल्याउने प्रस्ताव पारित गर्दे सम्पन्न भएको छ । 

    images
    images

    जेठ ३१ गते सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको अध्यक्षतामा सम्पन्न सभाले विशेष प्रस्तावतर्फ धितोपत्र दर्ता गरी आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । 

    यसैगरी सभाले सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने लगायतका अन्य कार्यसमेत गरेको छ । त्यस्तै, सामान्य प्रस्तावतर्फ आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि तथा ल्ँच्क् प्रणाली लागू गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ । 

    कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने कार्यसमेत सभाले गरेको छ ।

    सो अवसरमा अध्यक्ष डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका समूहमा समेत पु-याउन कटिबद्ध रहेको प्रतिबद्धता जाहेर गरे । 

    कम्पनीकोे उन्नती र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने शेयरधनी, बीमितहरू, नियकामक निकाय बीमा समिति, कम्पनी रजिष्टारको कार्यालय, धितोपत्र वोर्ड लगायत सम्पूर्ण नियमनकारी निकायहरु, पुनर्बीमा कम्पनी, कम्पनीको व्यवस्थापन समूह, कर्मचारी, अभिकर्ता, पत्रकार, बैंक तथा वित्तीय संस्थालगायत सम्पूर्ण सरोकारवाला निकायहरूलाई धन्यवाद ज्ञापन गरेको छ । 
    उक्त सभा काठमाडौँको लैनचौरस्थित कम्पनीको रजिस्टर्ड तथा कर्पोरेट कार्यालयमा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डलाई पालन गरी भिडियो कन्फरेन्स मार्फत  गरिएको थियो । सभामा सञ्चालक समिति तथा व्यवस्थापन समितिका सदस्य तथा विभागिय प्रमुखहरु प्रत्यक्ष उपस्थित रहेको थिए भने शेयधनीहरूले भिडियो कन्फ्ररेन्समार्फत उपस्थिति जनाएका थिए । 

     

     

    साताको लोकप्रीय