कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति  छ ? 

कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति  छ ? 

अर्थ डबली
मंगलवार, असार १ २०७८
अर्थ डबली
मंगलवार, असार १ २०७८ (अर्काइभ बाट)
  • कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति  छ ? 

    काठमाडौँ / असार १ गतेदेखि लागू हुनेगरी बैंकहरूले कर्जा र निक्षेपका नयाँ ब्याजदर कायम गरेका छन् । बैंकहरूले सार्वज्निक गरेको सूचनाअनुसार बैंकहरूको नयाँ ब्याजदरमा सामान्य हेरफेर गरेको देखिएको छ । 

    images

    कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण मुलुकको अर्थतन्त्र स्थिर भएको छ । जसकारण वित्तीय तरलता रहेको छ भने बैंकहरूको ब्याजदर सस्तो पनि भएको छ । 

    कुमारी बैंक लिमिटेडले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको बचत खातामा न्यूनतम् ब्याजदर २ प्रतिशतदेखि अधिकतम्र ४ प्रतिशतसम्म कायम गरेको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम् १०.५० प्रतिशतदेखि अधिकतम् ११ प्रतिशतसम्म तोकेको छ । बैंकको मुद्दति निक्षेपमा ६ प्रतिशतदेखि ७ प्रतिशत ब्याजदर तय गरेको यस बैंकले आधारदरमा अधिकतम् ७ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गरेको छ । हाल बैंकको आधारदर ७.६३ प्रतिशत रहेको छ । 

    नबिल बैंकले २.५१ प्रतिशतदेखि ४.५१ प्रतिशतसम्म बचत ब्याजदर निर्धारण गरेको छ भने व्यक्तिगत मुद्दतिमा अधिकतम् ७.०१ प्रतिशत ब्याजदर तोकेको छ । तीन महिनाको ५.०१ प्रतिशत ब्याजदर तोकेको नबिलले कर्जा प्रवाहमा ७ प्रतिशत प्रिमियम थप गर्ने भएको छ । स्थिर ब्याजमा घर कर्जाका लागि बैंकले घर कर्जामा न्यूनतम् ८.४९ प्रतिशतदेखि ११.५० प्रतिशतसम्म ब्याज लिने भएको छ । नबिल बैंकको आधारदर ५.८४ प्रतिशत रहेको छ । 

    राष्ट्यि वाणिज्य बैंकले बचत खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । मुद्दति निक्षेपपमा व्यक्तिगततर्फ ५.५० प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म र संस्थागततर्फ न्यूनतम् ५ प्रतिशतदेखि अधिकतम् ६.५० प्रतिशतसम्म ब्याजदर कायम गरेकोे छ । कर्जा प्रवाहमा १ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम थप गेर कर्जा प्रवाह गर्ने राष्ट्रिय वाणिज्य बैंकले स्थिर कर्जाका लागि ९ प्रतिशतदेखि ११ प्रतिशत ब्याजदर तोकेको छ । 

    सनराइज बैंकले बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम् ३.५० प्रतिशतसम्म ब्याजदर कायम गरेको जनाएको छ । व्यक्तिगत मुद्दति निक्षेपमा ७ प्रतिशत ब्याजर निर्धारण गरेको सनराइजले स्थिर ब्याजदरका लागि १०.५० प्रतिशतदेखि १२.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । हाल आधारदर ६.८८ प्रतिशत रहेको सनराइजले यसमा ६ प्रतिशत थप गरेर कर्जा उपलब्ध गराउने जनाएको छ । 

    एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याजदर ३.५० प्रतिशतदेखि अधिकतम् ४ प्रतिशतसम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा ६.५० प्रतिशतदेखि ७ प्रतिशतसम्म ब्याज कायम गरेको एभरेष्ट बैंकले ५.९८ प्रतिशतमा अधिकतम् ५ प्रतिशत प्रिमियम थपेर कर्जा प्रवाह गर्ने जनाएको छ । 

    हिमालयन बैंकले बचतमा न्यूनतम् २.७५ प्रतिशत र अधिकतम् ४.५० प्रतिशत ब्याज तोकेको छ । व्यक्तिगत मुद्दतिमा भने यस बैंकले ४.७५ प्रतिशतदेखि ७.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । हिमालयन बैंकले ६.७५ प्रतिशत आधार दरमा अधिकतम् ५ प्रतिशत प्रिमियम थपेर कर्जा प्रवाह गर्ने जनाएको छ । 

    माछापुच्छ«े बैंकले स्थिर कर्जाका लागि ९.८९ प्रतिशतदेखि १२.२४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बचतमा न्यूनतम ब्याज ३.१० प्रतिशदेखि ४ प्रतिशतसम्म तोकेको माछापुच्छ«ेले व्यक्तिगत मुद्दतिमा ७.५१ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले ७.०९९ प्रतिशत आधारदरमा ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्नेछ ।
     
    एनएमबि बैंकले व्यक्तिगत मुद्दतिमा अधिकतम् ७.८० प्रतिशत र अधिकतम् ६.५० प्रतिशत ब्याजदर कायम गरेको छ । बचतमा भने एनएमबिले ३.६० प्रतिशतदेखि ५.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । आधारदर ७.१९ प्रतिशत रहेको यस बैंकले यसमा अधिकतम् ५ प्रतिशत प्रिमियम थप गरेर कर्जा दिने जनाएको छ । 

    बैंक अफ काठमाण्डूले एक बर्षभन्दा बढीको व्यक्तिगत मुद्दतिमा अधिकतम ब्याज ७ प्रतिशत तोकेको छ । आधारदर ७.०४ प्रतिशतमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने बताएको छ । बैंक अफ काठमाण्डूको बचतमा न्यूनतम् २.५० र अधिकतम् ४ प्रतिशत प्रतिशत ब्याजदर रहेको छ । 

    सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६.५ प्रतिशतदेखि ७ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । सिद्धार्थले बचतमा २.५० प्रतिशतदेखि अधिकतम् ४ प्रतिशतसम्म ब्याज तोकेको छ । स्थिर कर्जामा बैंकले न्यूनतम ८.४९ प्रतिशतदेखि अधिकतम् ११.४९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । सिद्धार्थ बैंकले हाल कायम ६.७५ प्रतिशत आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने जनाएको छ । 

    सेञ्चुरी कमर्सियल बैंकले बचतमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । एक बर्षभन्दा बढीको व्यक्तिगत मुद्दतिमा अधिकतम् ८ प्रतिशत कायम गरेको सञ्चुरीको आधारदर भने ७.५३ प्रतिशत रहेको छ । उक्त आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा उपलब्ध गराउने भएको यस बैंकले स्थिर कर्जाका लागि भने ११.४० प्रतिशतदेखि १२.९९ प्रतिशतसम्म ब्याज कायम गरेको छ । 

    प्रभु बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा न्यूनतम् ५.५० प्रतिशत र अधिकतम् ७ प्रतिशत ब्याज दिने जनाएको छ । बचत खातामा २ प्रतिशतदेखि अधिकतम् ४ प्रतिशतसम्म ब्याजदर कायम गरेको प्रभुले आधारदर ७.०६ प्रतिशतसमा ५ प्रतिशत प्रिमियम थप गरेर कर्जा दिने जनाएको छ । स्थिर कर्जाका लागि भने यस बैंकले ९.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । 

    नेपाल बंगलादेश बैंकले बचत खातामा २.७५ प्रतिशत र अधिकतम् ५ प्रतिशत ब्याजदर तय गरेको छ । व्यक्तिगत मुद्दतितर्फ अधिकतम् ७.७५ प्रतिशत र न्यूनतम् ७.२५ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । त्यस्तै, बैंकले आधारदर ९.८९ प्रतिशतमा अधिकतम् ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धाण गर्ने जनाएको छ । न्यनतम् ९.९९ प्रतिशत र अधिकतम् १२.९९ प्रतिशत ब्याजदरमा बैंकले स्थिर कर्जा उपलब्ध गराउने जनाएको छ ।
     
    प्राइम कमर्सियल बैंकले भने बचतमा २.७६ प्रतिशतदेखि ४.५० प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । व्यक्तिगत मुद्दति खातामा ७.५० प्रतिशतदेखि ७.७६ प्रतिशतसम्म ब्याज तोकेको यस बैंकले ७.१४ प्रतिशत आधारदरमा अधितम् ६.९९ प्रतिशत प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्नेछ । स्थिर कर्जाका लागि भने प्राइमले १० प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याजदर तोकेको छ । 

    एनसिसि बैंकले बचतमा २.५० प्रतिशतदेखि अधिकतम् ५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । मुद्दति खातामा व्यक्तिगततर्फ ७  प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याज दिने यस बैंकले स्थिर कर्जाका लागि ९.२५ प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । 

     

     

     

    साताको लोकप्रीय